काडमाडौं । ५२ वर्षे शिक्षण पेसाको अनुभवलाई समेटी लखिएको शिक्षक रमेश पाण्डेको आत्मवृत्तान्त ‘एउटा शिक्षक’ विमोचन गरिएको छ । सोमबार कलेज अफ अप्लाइड बिजनेसमा शिक्षक पाण्डेका तत्कालीन विद्यार्थी एवं पूर्वमुख्यसचिव लिलामणि पौडेल र लेखक पाण्डेका दाइ मोहन बहादुर पाण्डेले संयुत्तरूपमा पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकको विमोचन कार्यक्रममा पूर्वमुख्यसचिव पौडेलले पेसागत इमानदारिता, अनुशासन र कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको विद्यार्थी हुन पाएकोमा गर्व महसुस भइरहने बताए । शिक्षालाई व्यापार बनाउनु हुन्न भन्ने आफ्नो दृढ संकल्पमा अनवरत लागि परिरहेका शिक्षक पाण्डेले आफ्नो पेसालाई कमाउने भाँडो कहिल्यै नबनाएको पौडेलको भनाइ थियो । पुस्तकका लेखक रमेश पाण्डेले आफ्नो जीवनमा असल शिक्षकको अभिभारा पूरा गर्ने प्रयास गरिरहेको बताए ।
२०३६ सालको राजनीतिक अस्थिरतामा शंकरदेव क्याम्पसको क्याम्पसप्रमुख भएको सम्झना गर्दै पाण्डेले क्याम्पसको पठनपाठनलाई स्तरीय बनाउन गरिएका योजनाहरू कार्यान्वयनमा विद्यार्थीहरूबाट ठूलो साथ पाएको बताए । ‘एउटा शिक्षक’को लेखन संयोजन र प्रकाशन घोस्ट राइटिङ नेपालले गरेको हो । घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले रमेश पाण्डेको अनुभव र भोगाइलाई पाठकमाझ ल्याई एउटा शिक्षकको उदाहरणीय व्यक्तित्व झल्काउन पाएकोमा गर्व महसुस भएको बताए ।
विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ पद्धतिलाई अवलम्बन गराउन शिक्षक पाण्डेले नेपालका विभिन्न शैक्षिक संस्थाहरूमा बसेर गरेका योगदानलाई पुस्तकमा समेटिएको छ । त्रिभुवन विश्वविद्यालयको सेवाबाट सेवानिवृत्त भएपछि पनि पाण्डेले आफूले नेपालको शिक्षामा ल्याउन खोजेको रूपान्तरणलाई कलेज अफ अप्लाइ बिजनेस क्याबको स्थापना गरी निरन्तर प्रयोगमा ल्याइरहेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया