राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा जोशी प्रथम
काडमाडौं । ‘युवाका दृष्टिमा संस्कृति’ विषयक राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयकी छात्रा प्रतीक्षा जोशी प्रथम भएकी छिन् । दया फाउन्डेसन, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) र बसुन्धरास्थित साउथवेस्टर्न इन्टरनेसनल कलेजले आयोजना गरेको उक्त प्रतियोगितामा बूढानीलकण्ठ स्कुलकी दीक्षा उपाध्याय द्वितीय, सिड फाइनान्सियल एकेडेमीकी प्रेरणा थापा तृतीय, साउथवेस्टर्न इन्टरनेसनल कलेजकी सहारा सुवेदी चतुर्थ र साउथवेस्टर्न इन्टरनेसनल कलेजकै अश्विन अधिकारी सान्त्वना भइन् ।
विजेता उनीहरूलाई क्रमश : ३० हजार, २० हजार, १० हजार र तीन/तीन हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कार नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्क, संस्कृति विज्ञ दिनेश मानन्धर र युनेस्कोका नेपाल प्रतिनिधि माइकेल क्रोफ्टसहितले प्रदान गरेका थिए । कार्यक्रममा कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीले नेपालको सांस्कृतिक वैभवबारे युवामा जागरण ल्याउन प्रतियोगिता सार्थक भएको बताए ।
फाउन्डेसनका संस्थापक सदस्य निभा प्रधानका अनुसार देशभरका ४६ कलेजका ९४ विद्यार्थी सहभागी प्रतियोगितामा उत्कृष्ट १६ बाट निर्णायकमण्डलले विजेता छनोट गरेका हुन् । २०७९ वैशाख ७ गतेबाट सुरु भएको प्रतियोगिता पहिलो र दोस्रो चरण जुम मिटिङबाट भएको थियो भने अन्तिम प्रतियोगिता सहभागीबीच भौतिक उपस्थितिमा भएको थियो । कार्यक्रमका वक्ताहरूलाई विभिन्न समूहमा विभाजन गरी समूहगत मूल्यांकन गरिएको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया