टर्कीको जङ्गलमा प्रतिबन्ध
इस्तानबुल । ख्टर्कीको जङ्गलमा आगोको प्रयोग गर्नुपर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । जङ्गलमा आगलागीका घटना धेरै भएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि जङ्गलमा आगो बाल्नुपर्ने कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाउने निर्णय भएको हो । यही जुलाई महिनाको अन्त्यसम्म यो नियम लागू हुने अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।
इस्तानबुलका गभर्नर अलि यर्लिकायले सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएको जानकारी अनुसार इन्धनसम्बन्धी गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ । विषेश गरेर जङ्गलमा गएर पकाउने, पोल्ने, आगो बाल्नेलगायतका काम नगर्न आग्रह गरिएको अधिकारीहरूले बताएका छन् । स्थानीय पार्क, वनभोज जाने ठाउँ, पर्यटकीय क्षेत्रलगायतमा यस्ता गतिविधि धेरै हुने गरेकाले त्यस क्षेत्रमा निगरानी पनि बढाइएको छ ।
पछिल्लो समय जङ्गलमा भएका आगलागीका घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने केही जङ्गली जीवजन्तु तथा पक्षीहरू मरेका थिए । आगलागीका कारण धेरै वनस्पति जलेर नष्ट हुनुका साथै वातावरणमा पनि धेरै नकारात्मक असर परेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया