Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजारमा पुन करेक्सन

सेयर बजारमा पुन करेक्सन

१३ अंकले उकालो लाग्दा दुई अर्ब १७ करोडको सेयर खरिद बिक्री


काठमाडौं । सेयर बजारमा पुन करेक्सन देखिएको छ । अघिल्लो दिन ४६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने १३ दशमलव ३३ अंकले उकालो लागेर दुई हजार ४३ दशमलव ९२ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले उकालो लागेर तीन सय ८८ दशमलव ९१ अंकमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३८ हजार आठ पटकको कारोबारमा ६२ लाख ६३ हजार तीन सय १० कित्ता सेयर खरिद बिक्री भएका छन । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार सात सय एक रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये तीन वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x