प्रादेशिक सेनाका धैरै जवान मणिपुर पहिरोमा पुरिए
नयाँदिल्ली (रासस/सिह्वा) : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु भएको छ । बेपत्ताको खोजी र उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मारिएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन् । पहिरो गएको आज छैटौँ दिन पनि खोजी तथा उद्धार जारी छ । रेलवे लाइन निर्माण स्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी पहिरोमा परेका थिए ।
राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयम्सेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन् । पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोका कारण खोलमा बाँधजस्तै संरचना निर्माण भएको छ । थुनिएको पानीले निकास पाएपछि तल्लो तटीय क्षेत्र डुबानमा पर्ने सम्भावना रहेको जनाउँदै स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरणका लागि तयार रहन निर्देशन दिएको छ । मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पहिरोलाई राज्यको इतिहासकै सबैभन्दा भयावहपूर्ण घटना भएको बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया