Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा बनेका स्मार्टफोन अमेरिका निर्यात

बंगलादेशमा बनेका स्मार्टफोन अमेरिका निर्यात


ढाका, फागुन ९
बंगलादेशी कम्पनी वाल्टनले अमेरिकामा स्मार्टफोन निर्यात गर्ने तयारी गरेको छ । बंगलादेशको उत्पादन क्षेत्रले यसलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । ‘बंगलादेशमा स्मार्टफोन बनाउने सपना साँचो भएको छ’, वाल्टनका मेनेजिङ डिरेक्टर एसएम मन्जुरुल आलमले भने ।

बंगलादेशमा बनेका स्मार्टफोनको गुणस्तर र उत्कृष्ट फिचरलाई क्रेताले मन पराएको उनको दाबी छ । सुरुवाती चरणमा बनेका फोनहरुको मूल्य १ सय डलरदेखि २ सय अमेरिकी डलरसम्म पर्नसक्नेछ । उक्त फोनहरु बंगलादेशको गाजिपुरस्थित चन्द्रामा रहेको वाल्टन डिजी टेक उद्योगको प्लान्टमा मार्च १ देखि बन्नेछन् । अमेरिकी ब्रान्डमा बन्ने फोनहरुको वास्तविक वस्तु उत्पादक वाल्टन रहेको छ । यद्यपि वाल्टनले यसको नाम भने बताएको छैन ।

यस किसिमको उत्पादनलाई सम्झौतामा आधारित उत्पादन भन्ने गरिन्छ । ‘अमेरिकी आयातकर्ताले सहमति र सम्झौता केही महिनाअघि नै गरिसकेका छन्, हामी गुणस्तर सुधारतर्फ ध्यान दिएका थियौँ, त्यसपछि शिपमेन्टको प्रक्रिया आरम्भ हुन्छ’, आलमले भने । कम्पनी यतिमा मात्रै सीमित छैन । उसले बंगलादेशमा बनेका फोनहरु अमेरिकाबाहेक युरोप र अस्ट्रेलियामा समेत निर्यातको योजना बनाएको छ । यसलाई बंगलादेशीहरुले गौरवको रुपमा लिनुपर्ने आलमको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x