फ्रि टिकट फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा ठगी
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले फ्रि टिकट फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा ठगी गर्ने व्यसक्तलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ डेरा गरी बस्ने छिपहरमाई गाउँपालिका–३ घर भएका ३४ वर्षीय नवलकिशोर साह कानुलाई आइतबार पक्राउ गरेको हो ।
कानुले फ्रि टिकट फ्रि भिसामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै उनले मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिहरूबाट २५ हजारदेखि दुई लाख रूपैयाँसम्म ठगी गरेको पाइएको हो । अरू व्यक्तिको नागरिकताको प्रतिलिपिबाट आईएमईमार्फत रकम झिकी रहेको भन्ने सूचनाको आधारमा जिप्रका पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट तीन लाख नेपाली रूपैयाँ, एक लाख ४८ हजार भारतीय रूपैयाँ, आईएमईमार्फत पैसा झिकेको आईएमई कन्ट्रोल आईडी नम्बरसहितका अन्य कागजातहरू प्रहरीले बरामद गरेको छ । उनीउपर जिल्ला अदालत पर्साबाट पाँच दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- थप १० दिन लामिछानेसहित चार जना हिरासतमा
- आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ
- तिहारको लामो बिदा पछिको शेयरबजार
- निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार, ६ जना पक्राउ
- पञ्चेश्वर परियोजनाको ‘डिपिआर’ शीघ्र पूरा गर्न आग्रह
- घट्यो सुनको मुल्य
- एक हजार तीन सय किलो गाँजा बरामद
- अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन जाने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया