Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसवारीसाधनको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

सवारीसाधनको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक


काठमाडौं । निजी प्रयोजनका सवारीसाधनहरूको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन् । हाल सरकारले व्यापारघाटा न्यूनीकरणको लागि भन्दै निजी सवारीसाधनको आयातमा प्रतिबन्ध लगाएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री देउवासँग भेट गरी कार, जीप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरूको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन माग गरेको हो । उक्त मागमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको नाडाले जनाएको छ । साथै प्रधानमन्त्री देउवाले सवारीसाधन पैठारीकर्ताहरूले अब नेपालमै विद्युतीय सवारीसाधनहरूको एसेम्बलिङ प्लान्ट स्थापना गरी बढ्दो व्यापारघाटा कम गर्न सुझाव समेत दिएका थिए ।

उक्त भेटमा नाडा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौँ वस्तुहरूमध्ये कार, जीप र भ्यानजस्ता सवारीसाधनहरूले मात्रै दोब्बरभन्दा बढी राजस्व योगदान पु-याउने बताए । नेपालको बढ्दो व्यापारघाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको उनको दाबी थियो । यस्तै अध्यक्ष थापाले नाडा अटो एक्स्पो २०२२ यही भदौको ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएको प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । सो आयोजनाका लागि समेत नयाँ सवारीसाधनहरूको आयात सुचारु हुनु आवश्यक भएको उनको भनाइ थियो । सो भेटघाटमा नाडाका उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरू आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x