Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण

पोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन् ।

पोखरास्थीत राष्ट्र बैंकचोक नजिक पर्यटन विभागले आठ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो । सात हजार नौ सय वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० वटा बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ गर्न मिल्नेछ । कार्यक्रममा मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो । मन्त्री श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धता समेत जनाए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x