Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफद्वारा उदयपुरका विद्यार्थीहरूलाई ब्याग वितरण

प्राइम लाइफद्वारा उदयपुरका विद्यार्थीहरूलाई ब्याग वितरण


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्लाको खाट मन्दिर आघारभूत विद्यालयमा अध्यनरत तीन सय ५० जनाभन्दा बढी बालबालिकाहरूलाई स्कुल ब्याग वितरण गरी भवन निर्माणका लागि तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच स्कुलमा पुगी हस्तान्तरण गरिएको हो । डा. खड्काको पहलमा कम्पनीले सहयोग गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री डा. खड्काले आफ्नो गृहवडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि आफूले सक्ने सहयोग गर्ने बताए । साथै कम्पनीलाई आफ्नो पहलमा सहयोग गरेकोमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवादज्ञापन गरे ।

कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरी नै शिक्षा स्वास्थ्यजस्तो विषयमा समेत संवेदनशील भएकोले सामाजिक उत्तरदायित्वअन्तर्गत मन्त्रीको पहलमा स्कुल तथा विद्यार्थीलाई सहयोग गर्न पाएको खुसी व्यक्त गरे । स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले केही थप हौसला मिलेको बताउँदै मन्त्री तथा कम्पनीलाई धन्यवादज्ञापन गरे ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्ष्मण ज्ञवाली, मन्दिल अधिकारी, हरि बहादुर खड्का, विकाश अधिकारी लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक विद्यार्थीलगायत विभिन्न क्षेत्रका पाँच सय जनाभन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x