Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकमा बागमती प्रदेशको ६८ प्रतिशत र कर्णालीको एक प्रतिशत मात्र रकम जम्मा

बैंकमा बागमती प्रदेशको ६८ प्रतिशत र कर्णालीको एक प्रतिशत मात्र रकम जम्मा


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा बागमती प्रदेशको ६८ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम एक प्रतिशत रकम मात्र जम्मा भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशगत वित्तीय सेवा तथा वित्तीय उपकरणको स्थिति आर्थिक वर्ष २०७८/०७९ को प्रथम अर्धवार्षिक अवधिको प्रतिवेदनअनुसार कुल निक्षेप परिचालनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको हो ।

प्रतिवेदनअनुसार कुल निक्षेप परिचालनमा बागमती प्रदेशको मात्र योगदान ६८ दशमलव ७६ प्रतिशत हुँदा कर्णाली प्रदेशको अंश सबैभन्दा कम अर्थात् एक प्रतिशत मात्र रहेको छ । कुल निक्षेप परिचालनमा मधेश प्रदेशको योगदान भने पाँच दशमलव शून्य चार प्रतिशत छ । यसैगरी कुल कर्जा प्रवाहमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ५५ दशमलव ८६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको अंश एक दशमलव १९ प्रतिशत छ । कुल कर्जा प्रवाहमा मधेश प्रदेशको अंश नौ दशमलव १३ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३४ दशमलव ३३ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको एक दशमलव ५१ प्रतिशत रहेको छ । मधेश प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १६ दशमलव ६२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी विपन्न वर्गमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ४५ दशमलव ७६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा एक दशमलव ९४ प्रतिशत रहेको छ । सहुलियतपूर्ण कर्जातर्फ सबैभन्दा बढी बागमती प्रदेशमा ३० दशमलव ६५ प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम एक दशमलव ३१ प्रतिशत रही सबैभन्दा कम कर्जा प्रवाह भएको देखिन्छ ।

प्रतिवेदनअनुसार पुनर्कर्जा तर्फ सबैभन्दा बढी बागमती प्रदेशमा ४२ दशमलव ६० प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम दुई दशमलव ३० प्रतिशत मात्र कर्जा प्रवाह भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार दुई सय १५ मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार आठ सय ६६ छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा केवल चार सय ४४ वटा शाखाहरू रहेको छ । समीक्षा अवधिमा मधेश प्रदेशमा सञ्चालित बैंक वित्तीय संस्थाहरूको शाखा संख्या एक हजार सात सय तीन छ ।

उक्त प्रतिवेदनअनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ६२ लाख ५९ हजार नौ सय २५ रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा चार लाख ८३ हजार ८१ रहेको छ । प्रतिवेदनअनुसार मधेश प्रदेशमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १६ लाख १०, हजार आठ सय ३३ छन् । प्रतिवेदनअनुसार इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा नौ लाख ३९ हजार छ सय ६३ र सबैभन्दा कम कर्णाली प्रदेश नं. १ मधेश बागमती गण्डकी लुम्बिनी कर्णाली सुदुरपश्चिम प्रदेशमा नौ हजार नौ सय ६८ छ । डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x