Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसवारीसाधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

सवारीसाधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी


काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारीसाधनमा लेखिएको सायरी र गजल हटाउने भएको छ । ट्राफिक प्रहरीले अश्लिल, अपाच्य, गाली, कानुनविपरीत तथा समाजमा विकृत्ति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ लेखहरूलाई हटाउने वा मेट्न लगाउने अभियान थालेको हो ।

सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि हटाउन थालिएको ट्राफिक प्रहरीले जनाएको छ । नेपालको कानुनविपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्नेगरी कुनै पनि लेख रचना कविता सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकोले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ । अश्लिल लाग्ने र द्विअर्थी लेखहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पु-याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको हो ।

त्यसैगरी सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको छ । ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लरलगायतका सामग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x