Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारी क्षेत्रलाई व्यवस्थित बनाउन कानुन कार्यान्वयन मुख्य समस्या

सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन कानुन कार्यान्वयन मुख्य समस्या


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन प्रशस्त कानुनहरू भए पनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको बताएकी छिन् । सहकारी विभागले तयार पारिरहेको सहकारीको दशवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रसम्बन्धी सरोकारवालहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीसम्बन्धी भएका व्यवस्थाहरूलाई समयानुकूल सुधार गर्दै प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन् ।

सहकारी क्षेत्रको व्यवस्थापनका लागि नियामक निकाय थप्नेभन्दा पनि हाल रहेका संरचनाहरूलाई पुनर्संरचना गरी सशक्त बनाउने र कमजोरी हटाउनेतर्फ कार्यदिशा निर्दिष्ट हुनुपर्ने उनको भनाइ थियो । विभागले तयार पारिरहेको सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र निर्माण गर्न ढिला भइसकेको भन्दै सबैको सुझाव समेटेर छिटोभन्दा छिटो अन्तिम रूप दिन मन्त्री श्रेष्ठले आग्रह गरिन् ।

कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी क्षेत्रको सुधारका लागि आएको दशवर्षे सोचपत्रमा छलफलमा आएका विषय समेटेर अझै समृद्ध बनाएर अघि बढाउनुपर्ने बताए । राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सदस्यहरूको उद्यमशीलता विकास गरी गरिबी निवारण गर्ने उद्देश्य राखेर सहकारीका कार्यक्रमहरू बनाउनुपर्ने बताए । सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले अवधारणापत्रको प्रारम्भिक मस्यौदा तयार पारेको र सबैको सुझाव समेटेर यसलाई समृद्ध बनाउने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x