काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि गुरुयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको बताएका छन् । उनले गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुने पनि जानकारी दिए ।
पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ लिन बिहीबार पशुपति क्षेत्र पुगेका उनले नेपालको सभ्यता र पहिचान बोकेको संस्कृति तथा मूर्त/अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना आवश्यक रहेको बताए । धार्मिक र आध्यात्मिक तीर्थस्थलको रुपमा रहेको पशुपति क्षेत्र विकास कोषमा अनियमितताको सन्देश जानु दुःखद पक्ष रहेको मन्त्री श्रेष्ठको भनाइ छ । कोषका कर्मचारीहरुलाई सेवा भावले काम गर्न उनले निर्देशन समेत दिए ।
पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्का अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउनुपर्ने बताए । मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा पनि ध्यान दिन कोषका पदाधिकारीहरुलाई उनले निर्देशन दिए । पशुपति क्षेत्रको विकासले धार्मिक पर्यटन विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ ।
कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ मन्दिर क्षेत्रमा पुनर्निर्माणको अवस्था तथा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सञ्चालित कार्यक्रमबारे जानकारी दिएका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै पशुपतिनाथ मन्दिर क्षेत्रमा निरीक्षण तथा अनुगमन गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया