Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे


दक्षिण एशिया । बितेका केही दिनयता एसियाका केही देशमा कोरोनाका बिरामी बढेको पाइएको छ । बुधबार मध्यरातसम्म अर्थात् २४ घण्टाको समयावधीमा भारतमा १८ हजार नौ सय ३०, दक्षिण कोरियामा १८ हजार पाँच सय ११, पाकिस्तानमा आठ सय ७२ जना मलेसियामा तीन हजार पाँच सय ६१ जना कोरोना संक्रमित थपिएका छन् ।

हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३५ लाख ६६ हजार सात सय ३९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । चौबीस घण्टाको समयावधिमा कोरोना संक्रमणमा ३५ को मृत्यु भएको छ । कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार तीन सय पाँच जनाको मृत्यु भएको छ ।

हाल भारतमा एक लाख १९ हजार चार सय ५७ सक्रिय संक्रमित रहेका छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १४ हजार छ सय ५० कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २९ लाख २१ हजार नौ सय ७७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना संक्रमण सुरु भएबाट हालसम्म ८६ करोड २० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । रासस/एएनआई 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x