चालू आव सकिन सात दिन बाँकी राजस्व संकलन १० खर्ब ७० करोड
काठमाडौं । चालू आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षित रूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कुल १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ ।
चालू आव सकिन अब एक साता बाँकी छ । सरकारले चालू आवमा कुल ११ खर्ब ८० अर्ब ६० करोड चार लाखबराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कुल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व सङ्कलन भएको छ । त्यसमा कर राजस्व कुल नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर सङ्कलन भएको छ । यो कुल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो । चालू आवमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर कर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिएबराबर नै सङ्कलन हुने सरकारको विश्वास छ ।
त्यस्तै गैरराजस्व एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाखबराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७४ अर्ब १९ करोड ७१ लाखबराबर सङ्कलन भएको छ । यो कुल लक्ष्यको ६५.८७ प्रतिशत बराबर हो । कार्यालयका अनुसार सरकारले ५९ अर्ब ९१ करोड ९९ लाखबराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा १३ अर्ब ८८ करोड ३३ लाखबराबर प्राप्त भएको छ । कुल लक्ष्यको २३.१७ प्रतिशतबराबर हो । सबै विवरणका आधारमा हेर्दा सरकारले चालू आवको हालसम्म अर्थात् (असार २५ गते) शनिबारसम्म कुल लक्ष्यको ८५.३३ प्रतिशतबराबरको प्राप्त गरेको छ ।
त्यस्तै सरकारको खर्चतर्फ कुल लक्ष्यको ७४.३३ बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालू खर्च रहेको छ । चालू आवका कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाखबराबर खर्च भएको छ । त्यसमा चालू खर्चतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाखबराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म नौ खर्ब ३८ अर्ब २० लाखबराबर खर्च भएको छ । यो भनेको कुल लक्ष्यको ८८.०५ प्रतिशतबराबर हो ।
यस्तै पुँजीगत खर्च कुल लक्ष्यको ४६.२२ प्रतिशतबराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पुँजीगत खर्चमा उल्लेख्यरूपमा बढोत्तरी हुन नसकेको देखिन्छ । सरकारले तीन खर्च ७८ अर्ब नौ करोड ७७ लाखबराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाखबराबर खर्च भएको छ ।
यस्तै सरकारले नियमितरूपमा भुक्तानी गर्नुपर्ने ऋणको सावाँ र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२.४५ बराबर खर्च गरेको छ । चालू आवमा एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाखबराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ । त्यसमध्ये हालसम्म ९९ अर्ब ३५ करोड ९० लाखबराबर भुक्तानी गरेको छ ।
सरकारको तर्फबाट आगामी आवको बजेट प्रस्तुत गर्दा चालू आवमा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ । कुल सरकारी खर्चमध्ये चालू खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ ।
कोभिड–१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व सङ्कलन अवस्था सन्तोषजनक छ । चालू आवमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड सङ्कलन हुने अनुमान छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।
चालू आव वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालू आवमा दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ । रासस
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया