रोटरी क्लब अफ गोंगबुद्वारा वृक्षरोपण
काठमाडौं । रोटरी क्लब अफ गोंगबुले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले तारकेश्वर नगरपालिका ६ बस्नेतटारका राधाकृष्ण मन्दिरको खर्कापाखोमा वृक्षरोपण गरेको हो ।
वृक्षरोपण कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर उपप्रमुख सिर्जना बुर्लाकोटीले वृक्षरोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिइन् । ‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई आत्मसात् गर्दै ५० वटा विभिन्न जातका बिरुवा रोपेको क्लबका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए ।
वृक्षरोपण कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरुको सहभागिता थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया