Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलको आकर्षक ‘डबल मजा प्याक’

एनसेलको आकर्षक ‘डबल मजा प्याक’


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ । यस अफरले ग्राहकलाई १२५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरी आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ ।

यसको मतलब यदि ग्राहकहरुले सात दिनको समयसीमा रहेको पाँच जीबी डेटा करसहित एक सय २५ रुपैयाँमा खरिद गर्छन् र प्याकको समयसीमा सकिनुभन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा अब पाँच जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन् । यो अफर शुक्रबारबाट सञ्चालनमा आएको छ । समयावधि सकिनुअघि नै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोहीअनुसार थपिँदै जाने यस अफरको विशेषता हो ।

उदाहरणका लागि यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनः खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको चार दिनसहित ११ दिन हुन्छ । प्याक आवश्यकताअनुसार जति पटक पनि पुनः खरिद गर्न सकिनेछ भने कुल अधिकतम समयसीमा २८ दिन रहनेछ । एनसेलका ग्राहकले एस्ट्रिक१७१२३एस्ट्रिक्स२२ह्यास डायल गरी यो प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र इसेवा, खल्ती, आईएमईपे जस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन् ।

यो अफरअन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गर्दै ग्राहकलाई मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । ग्राहकले यस अफरअन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x