सांघाईमा खुल्न थाले चलचित्र हल
चीन । कोभिड–१९ को माहामारीको नियन्त्रणका लागि करिब चार महिनादेखि बन्द रहेका सांघाईका सयभन्दा बढी चलचित्र हलहरू शुक्रबारदेखि पुनः सञ्चालनमा आएका छन् ।
सांघाईको चलचित्र विभागद्वारा जारी विज्ञप्तिअनुसार हाल चलचित्र हललाई बढीमा ५० प्रतिशत क्षमतामा दर्शक राखेर चलचित्र प्रदर्शन गर्न दिइएको छ भने दर्शकहरूले हलमा रहँदा सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाउन भनिएको छ । विभागका अनुसार सांघाई सहरमा सिनेमाका कर्मचारीहरूको दैनिक स्वास्थ्य निगरानी, दर्शकहरूको सुरक्षा सुनिश्चित गरिनेछ र अन्य कुराहरूका साथै हलबाट संक्रमण नफैलियोस् भनी सम्भावित तालिका, संक्रमण रोकथाम र नियन्त्रण सुनिश्चित गरिनेछ ।
सांघाईका थुप्रै सिनेमाहरूले शुक्रबार बिहान सबेरै प्रदर्शन गर्ने प्रबन्ध मिलाएका थिए । शुक्रबार बिहान १२ बजेभन्दा अघि नै चलचित्र क्षेत्रका केही व्यक्तिहरू सांघाईको ऐतिहासिक मनोरञ्जन क्षेत्र सिन्तियाडीस्थित युएमई सिनेमा हल अगाडि आएका देखिएका थिए ।
युएमई सिनेमा हलका एक व्यवस्थापकले भने, ‘हाम्रो सेवा पुनः खोल्न, हललाई कीटाणुमुक्त गर्न, मेसिन मर्मत र चलचित्र तालिका बनाउनेजस्ता कार्यहरूको तयारी गर्न कर्मचारीहरू हप्तौंअघि आफ्नो पदमा फर्केका छन् ।’ सन् २०२२ को बसन्त पर्वको बिदाको समयमा, सांघाईको चलचित्र बजारले सबै चिनियाँ सहरहरूको नेतृत्व गरेको थियो जसमा कुल दुई करोड ५९ लाख युआन (करिब तीन करोड ८६ लाख अमेरिकी डलर) कारोबार भएको थियो ।
कोभिड–१९ संक्रमणको माहामारीका कारण मार्च १० देखि सांघाईका चलचित्र हलहरूमा सिनेमा प्रदर्शनमा रोक लगाइएको थियो । महामारी रोकथाम र नियन्त्रणको उपायका नयाँ मापदण्ड पूरा गर्ने चलचित्रहलहरू आगामी दिनमा पूर्णतया खोलिनेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
- म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया