धरापमा मस्कको ४४ अर्ब डलरको ट्विटर खरिद
अमेरिका । अर्बपति इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा आफैँले राखेको ट्विटर खरिद प्रस्ताव फिर्ता लिने बताएका छन् । योसँगै ठूलो मूल्यको खरिद सम्झौता नै नहुने संघारमा पुगेको. छ । उनले शुक्रबार ४४ अर्बको खरिद प्रस्तावबाट पछि हटेको बताएका हुन् ।
अल्झनमा पर्दै आएको उक्त खरिद प्रस्ताव टेस्लाका सीईओ समेत रहेका मस्क ट्विटरको ठूलो सेयर सदस्य बनेपछि आएको थियो । उनले बोर्डमा बस्न समेत मानेका थिएनन् । शुक्रबार उनले पछि हट्ने बताएसँगै अब यो विवाद अदालतसम्म पुग्ने देखिएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । ट्विटरले मस्कविरुद्ध मुद्दा हाल्ने बताइसकेको छ । ट्विटरले खरिद प्रस्तावबारेको सहमतिपत्रका विभिन्न प्रावधानहरु मस्कबाट उल्लंघन भएको बताएको छ । गत अप्रिलमा उक्त पत्रमा हस्ताक्षर भएको थियो । मस्कले खरिद प्रस्ताव गरेपछि ट्विटरविरुद्ध विभिन्न थरि आरोपहरु लगाउँदै आएका थिए ।
उनले ट्विटरमा धेरै ठूलो संख्यामा बोट्स र नक्कली खाता भएको बताएका थिए । तर विश्लेषकहरुले भने कम्पनी नकिन्नको लागि मस्कले बहाना खोजेको रुपमा यसलाई लिएका थिए । मस्कले नकिन्ने भनेपछि ट्विटरको सेयर शुक्रबार छ प्रतिशतले घटेको थियो । मस्कले मे महिनामा पनि खरिद यथास्थितिमा रहेको बताएका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
- म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
- सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया