Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअवैध चिनीको आयात बढ्दो

अवैध चिनीको आयात बढ्दो


बुटवल । भारतले चिनीमा गरेको कडाइका कारण चोरबाटोबाट अवैधरुपमा नेपाल भित्र्याउने क्रम बढ्दै जान थालेको छ । खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले ट्रकका ट्रक चिनी सप्लाइ गर्नेगरेका छन् । पछिल्लो समय ठूलो परिमाणमा अवैधरुपमा नेपाल ल्याइएको चिनीलाई प्रहरीले पक्राउ गर्न थालेको छ ।

इलाका प्रहरी कार्यालय सैनामैना, रुपन्देहीले केही समयअगाडि एक टनभन्दा बढी अवैध चिनीसहित मानिस पक्राउ गरेको थियो । रातिको समयमा सैनामैना नपा वडा नं १० भच्कैयास्थितको सडकमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा अर्घाखाँची, पाणिनी गाउँपालिका वडा नं २ का मिन बहादुर रास्कोटीले चलाइ सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको लु ३ च ११३३ नम्वरको बलेरो पिकअपमा भन्सार राजस्व छली ल्याइएको आठ क्विन्टल चिनी फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । कार्यालयले उक्त चिनी रुपन्देही कञ्चन गाउँपालिका वडा नं १ हात्तीबजारमा रहेको सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्सको भएको जनाएको छ । प्रहरीले उक्त किराना पसलमा गई खानतलासी गर्दा भन्सार छली लुकाइराखिएको अवस्थामा तीन क्विन्टल चिनी गरी जम्मा २२ वटा बोरामा रहेको गरी एक जार एक सय केजी चिनीको अन्दाजी मूल्य एक लाख एक हजार दुई सय रुपैयाँबराबरको चिनी बरामद गरेको थियो ।

त्यसैगरी शनिबार जिल्ला प्रहरी कार्यालय नवलपरासीले पनि जिल्लाको नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ४ टिसिएन चोकस्थितबाट १४ लाख ११ हजार एक सय ४० मूल्यबराबरको अवैध चिनी र कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फबाट उत्तरतर्फ आउँदै गरेको ना ६ ख २३८८ नं. को ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा अवैधरुपमा ल्याउँदै गरेको चार सय १८ बोरामा २० हजार आठ सय ९४ केजी चिनी फेला पारी ट्रकसहित उक्त बरामद चिनीको अन्दाजी १२ लाख ५३ हजार छ सय ४० रुपैयाँबराबर रहेको छ । बरामद चिनी र ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाएको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x