Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई५५ स्मार्टफोन नेपाली बजारमा

भिभो वाई५५ स्मार्टफोन नेपाली बजारमा


काठमाडौं । भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । कम्पनीका अनुसार वाई सिरिज युवाकेन्द्रित फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने व्यक्तिहरुका लागि डिजाइन गरिएको हो । वाई५५ ले फेसनेबल तथा सुरुचिपूर्ण डिजाइन प्रदान गर्दछ, साथै यसमा फ्ल्यागशिप स्मार्टफोनहरु जस्तै विशेषताहरू छन् ।

वाई५५ उत्कृष्ट विशेषताहरुको साथ उचित मूल्यमा उपलब्ध स्मार्टफोन हो जसले कम्पनीको विश्वप्रसिद्ध फ्युचरिस्टिक र उत्कृष्ट डिजाइन प्रदान गर्दै प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ । वाई५५ मा ५०००एमएएच ब्याट्री छ, जसले गर्दा फोन दिनभर निर्बोध रूपमा चलिरहन्छ । उत्कृष्ट प्रदर्शन र सुविधाहरू मात्र नभएर लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने व्यक्तिहरूको लागि यो उपकरण उत्तम विकल्प हुनसक्छ । कम ब्याट्रीले सिर्जना हुने अवरोधहरुलाई यस फोनको पाँच हजार एमएएच ब्याट्रीले समाधान गर्दछ र गेमिङ, स्ट्रिमिङलगायत दैनिक कार्यहरू निर्धक्क भएर गर्न सकिनेछ । यसमा भएको ४४ वाट फ्ल्यासचार्ज फोनको सान्दर्भिकता थप्छ । फ्ल्यासचार्जले फोनलाई धेरै छोटो अवधिमा चार्ज गर्नेछ, र ब्याट्री दिनभर मज्जाले टिक्छ । वाई५५ मा तपाईंले आवश्यक कार्यहरुको लागि ब्याट्री सकिने चिन्ता लिनु पर्दैन वा उपकरणलाई लगातार चार्जमा राख्न आवश्यक पर्दैन ।

यस्तै क्वाल्कम स्न्यापड्रागन ६८० ६एनएम प्रोसेसरमार्फत वाई५५ ले शक्तिशाली प्रदर्शन सुनिश्चित गर्दछ । यस प्रोसेसरको साथ, गेमिङ, स्ट्रिमिङ वा कामलगायत सबै कार्यहरू सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसबाहेक, उपकरणमा एक्सटेन्डेड ¥याम २.० छ, जसले सफ्टवेयरको स्टार्ट–अप गति सुधार गर्दछ र एकै समयमा धेरै अनुप्रयोगहरू चलाउन समर्थन गर्दछ । साथै, यसलाई उपयुक्त बनाउन स्मार्टफोनमा भएको ८जीबी ¥यामलाई अझ ४जीबीसम्म थप्न सकिन्छ ।

यसको साथै भिभोले इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र एपिरियन्सलाई बढाउँछ । यसैगरी वाई५५ मा ५०एमपी रियर क्यामेरा छ, जसले भिभोको इमेज टेक्नोलोजीलाई यसको उत्कृष्ट क्यामेरा नवीनताद्वारा कम्प्लिमेन्ट गर्दछ । यस उपकरणमा धेरै क्षमताहरू छन् जसमार्फत ग्राहकहरूले आफ्नो चाहनाअनुसार जुन कुनै बेला उत्कृष्ट फोटो खिच्न सक्छन् । डबल एक्सपोजरबाट तपाईंलाई छुट्टै दृश्यहरू, एक्सपोजरका दुई तहहरू, वा दुईवटा फोटोहरू संयोजन गर्न सकिनेछ । यस्तै अल्ट्रा–स्टेबल भिडियोले वाई५५ मा ईआईएस मानक स्थिरीकरण एल्गोरिदमसँग जाइरोस्कोप संयोजन गर्दछ ।

वाई५५ मा १६एमपी फ्रन्ट क्यामेरा छ जसले सेल्फी अनुभवलाई एकदमै नयाँ बनाउँछ । सुपर नाइट मोड र औरा स्क्रिन लाइट जस्ता सुविधाहरूले प्रयोगकर्ताको अनुहारलाई उज्यालो बनाएर मधुरो प्रकाश अवस्थामा सेल्फ–पोट्र्रेटहरूलाई धेरै सुधार गर्न प्रस्ताव गर्दछ । यसकारण भिभो वाई५५ले उद्योगमा एक उच्चस्तरीय स्मार्टफोन क्यामेराको ओहोदा हासिल गरेको छ । कम्पनीका अनुसार वाई५५ वर्षौंदेखि वाई सिरिजका स्मार्टफोनहरूप्रति फ्यानहरूले देखाएको स्नेहको हकदार छ । यो नवीनतम स्मार्टफोनले निःसन्देहरुपमा हरेक आवश्यकता पूरा गर्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूलाई चकित पार्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x