Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपाल इको प्यानलको झण्डा र लोगो सगरमाथामा

नेपाल इको प्यानलको झण्डा र लोगो सगरमाथामा


काठमाडौं । विभिन्न व्यक्ति, संस्थाहरुको फोटो, लोगो विश्वकै अग्लो सर्वाेच्च शिखर सगरमाथामा पुग्ने क्रममा नेपाल इको प्यानलको लोगो अनि झण्डा पनि पुगेको छ । सगरमाथा आरोही आङकाजी शेर्पाले नेपाल इको प्यानलको लोगो र झण्डा सर्वाेच्च शिखर सगरमाथामा पु-याएका हुन् ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले निर्माण सामग्रीमा हरित क्रान्ति ल्याउने सन्देश दिन शेर्पाले नेपाल इको प्यानलको लोगो र झण्डा सगरमाथामा पु¥याएको बताए । वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगको सन्देश संसारभरि दिन यो काम गरिएको सीईओ दुवालले बताए । नेपाल इको प्यानल वातावणमैत्री निर्माण सामग्री हो । वातावरण विनाशलाई जोगाई नेपाल इको प्यानलको उत्पादन हुन्छ ।

वातावरण विनाश हुन नदिन उत्पादनको क्रममा यसमा कुनै पनि इन्धनको प्रयोग हुँदैन । साथै यो ऊर्जा किफायती पनि छ । बाहिरको तातोचिसो भित्र नपठाउने र भित्रको तातोचिसो बाहिर नपठाउने थर्माे इन्स्योलेसनका कारण यो हिमाल, पहाड अनि तराई सबैतिर उतिकै उपयुक्त हुने हुने सन्देश दिन पनि यो काम गरिएको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x