‘प्रभु क्यापिटल एप’ सञ्चालनमा
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल डिजिटल एप’ सञ्चालनमा ल्याएको छ । कम्पनीका आनुसार बिहीबारदेखि उक्त एप सञ्चालनमा ल्याइएको हो । एपबाट ग्राहकहरूले अनलाइनबाटै हितग्राही खाता तथा मेरो सेयर अनलाइन सेवाका लागि आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ । यो एपबाट भिडियो केवाइसी, विवरणहरू परिवर्तनका लागि निवेदन, नविकरण शुल्क भुक्तानी, मेरो सेयरको पासवर्ड परिवर्तन र हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।
यो एपबाट लगानी व्यवस्थापनका योजनामा आवेदन समेत दिन सकिने सुविधा रहेको छ । आबद्ध ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरूको विवरण तथा विभिन्न परिसूचकको अवस्थाको बारेमा हेर्न पाउनेछन् । एप ‘ओम्नी च्यानल’ प्रविधि प्रयोग गरेर बनाइएको कम्पनीले जनाएको छ । एपलाई क्यापिटलले आफ्नै कार्यालयको सर्भरमा होस्टिङ गरेको छ । विभिन्न चरणमा एपको जाँच तथा सुरक्षाको जोखिम परीक्षणपछि सञ्चालनमा ल्याइएको जानकारी कम्पनीले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया