Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्याङ्जाका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

स्याङ्जाका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार


काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङ शाखाले स्याङ्जाका दुईवटा सहकारी संस्थालाई बैंकको व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैंकमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक/एक वटा सहकारी संस्थालाई शनिबार वालिङमा आयोजित एक कार्यक्रममा बैंकले पुरस्कृत गरेको हो ।

उत्कृष्ट कारोबार विधामा गाउँवेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो । गाउँवेशी सहकारीका सचिव केशव भट्टराई र मितेरी सहकारीका अध्यक्ष टेकलाल खनाललाई बैंकका तर्फबाट राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठ, बैंकको वालिङ शाखा समन्वय उपसमितिका संयोजक पूण्य अर्याललगायतले पुरस्कृत गरेका थिए ।

बैंकको १८औँ वार्षिक साधारणसभामा घोषणा गरिएका विभिन्न विधाका पुरस्कारमध्ये शाखा स्तरीय पुरस्कार शाखाले आयोजना गरेको कार्यक्रममार्फत वितरण गरिँदै आएको छ । पुरस्कार वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु)ले सहकारीहरूले सञ्चालन गरेको व्यवसायलाई मर्यादित र सदस्यमैत्री बनाउनका लागि सहकारी अभियानका सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताइन् । उनले सहकारीका संघ र विषयगत संघहरूलाई सक्रिय बनाएर सहकारी संस्थाहरूको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले सहकारीहरूलाई सहकारीकै मर्म र भावनाअनुसार सञ्चालन गर्नसकेमा हाल देखिएका समस्याहरू स्वतः समाधान भएर जाने बताएका थिए । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठले सहकारी संस्था सञ्चालन गर्न विद्यमान ऐन कानुनको प्रभावकारी कार्यान्वयनलाई ध्यान दिनुपर्नेमा जोड दिए । जिल्ला कृषि सहकारी संघका अध्यक्ष टिकाराम रेग्मीले सहकारी क्षेत्रमा रहेको पुँजीलाई कृषि क्षेत्रमा परिचालनका लागि योजना, कार्यक्रम र तत्परता आवश्यक रहेको बताए ।

Open photo

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गर्दै सहकारी संघ संस्थाको वित्तीय व्यवस्थापन, संस्थागत विकास, प्रविधिमैत्री सेवा र बहस तथा पैरवीका लागि सहकारी बैंक सदैव तयार रहेको बताए । उनले सहकारीहरूले सम्पूर्ण कारोबार सहकारी बैंकसँग गर्नसकेमा संरक्षित पुँजी फिर्ता कोषबाट लाभ लिन सक्ने विषयमा ध्यान दिन सहकारीकर्मीहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रममा सहकारीकर्मीहरू भरत वाग्ले, राजेन्द्र डुम्रे, राजु डुम्रे, रमेश अर्याल, टेकलाल खनाल, दिनेश खनाल, डग प्रसाद गुरुङलगायतले बैंकको सेवाको प्रभावकारिता र आगामी कार्यक्रमका बारेमा सुझाव दिएका थिए । कार्यक्रम बैंकको वालिङ शाखा समन्वय उपसमितिका संयोजक पूण्य अर्यालको अध्यक्षता, बैंकका शाखाप्रमुख टिकाराम अधिकारीको सञ्चालन र कर्मचारी विजय रेग्मीका स्वागतमा सम्पन्न भएको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x