Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने


किभ । केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट एक अर्ब सात करोड (१.७ बिलियन) अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने भएको छ । सो कुराको जानकारी युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले जानकारी दिएका छन् । प्रधानमन्त्री डेनिसले शनिबार युक्रेनले विभिन्न दाताहरुबाट सो रकम प्राप्त गर्न लागेको जानकारी दिएका हुन ।

सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरुबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत सो रकम प्राप्त हुने भएको पनि समाचारमा जनाइएको छ । विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोग (यसएस एजेन्सी फर इन्टरनेशनल डेभलप्मेन्टमार्फत सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ ।

यहाँका औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो सहायता रकमको उपयोग गरिने जानकारी प्रधानमन्त्री डेनिसले दिएका छन् । रुसको आक्रमणमा परेको युक्रेनले यही सन् २०२२ को अन्त्य सम्ममा करिब २० अर्ब अमेरिकी डलर बराबरको सहायता प्राप्त गर्ने योजना बनाएको यहाँका अर्थमन्त्रीले जानकारी दिएका छन् । अमेरिका, बेलायत, जर्मनीलगायतका पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गर्ने बाचा पनि गरेका छन् । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x