‘बगैँचामा व्यस्त रहँदा मानसिक स्वास्थ्य सबल हुनसक्छ’
काठमाडौं । बोटविरूवा वा फूलपात लगाएर बगैँचामा आफूलाई व्यस्त तुल्याउँदा मानसिक स्वास्थ्य सबल हुनसक्ने सुझाव हालै गरिएको एउटा नयाँ अनुसन्धानले दिएको छ । बगैँचामा पहिले कहिल्यै काम नगरेकाहरूले पनि बिरुवाहरूसँग काम गर्दा मानसिक स्वास्थ्यलाभ गर्न सक्ने फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले देखाएको हो ।
प्लोस वान जर्नलमा प्रकाशित प्रतिवेदनअनुसार फूलबारी वा बगैँचामा आफूलाई व्यस्त राख्दा तनाव, चिन्ता र मानसिक चिन्ता कम हुनेछ । अनुसन्धानका क्रममा वैज्ञानिकहरूले सहभागी गराएका स्वस्थ महिलामा मानसिक चिन्ता अतिकम भएका पाए । साताको दुईपटक बगैँचा वा फूलबारीसम्बन्धी गतिविधिमा सरिक भएका २६ देखि ४९ वर्षका ३२ महिलामाथि गरिएको अध्ययनले उनीहरू चिन्तामुक्त भएको देखायो । अध्ययनमा सहभागी गराइएका महिलाले यसअघि फूलबारी वा बगैँचामा काम गरेका थिएनन् ।
विगतका अध्ययनहरूले पनि बगैँचामा काम गर्दा विद्यमान चिकित्सा अवस्था वा चुनौती भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गरेको थियो । पछिल्लो अध्ययनले पनि स्वस्थ मानिसले बगैँचा वा फूलबारीमा काम गर्दा मानसिक स्वास्थ्यलाभ पाउनसक्ने अध्ययनका प्रमुख अन्वेषक चाल्र्स गायले बताएका छन् ।
अनुसन्धानमा सहभागीमध्ये आधालाई बगैँचाको काम तोकिएको थियो भने आधालाई कला–निर्माणका काममा खटाइएको थियो । दुवै समूहले एकअर्कालाई हप्तामा दुई पटकमात्र भेटेका थिए । उनीहरूको व्यवहार, बोलीचाली र आफू सम्बद्ध समूहका अनुभव र अध्ययनको तर्कपूर्ण प्रस्तुतिले मानसिकरूपमा स्वास्थ्यमा समान सुधार आएको पाइयो । उनीहरूमा रचनात्मक ढङ्गले काम गर्ने, काममा रमाउने, फूल तथा बोटविरूवा योजनाबद्ध रूपमा लगाउनेजस्ता सकारात्मक सोचको विकास भएको पनि पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया