Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफाइभजी लिलामीमा भारतका दुई अर्बपतिबीच टक्कर

फाइभजी लिलामीमा भारतका दुई अर्बपतिबीच टक्कर


नयाँ दिल्ली । भारतका दुई चर्चित अर्बपति मुकेश अम्बानी र गौतम अदानी वर्षौँदेखि आफ्ना व्यावसायिक साम्राज्य विस्तारका बाबजुद एकआपसमा आमनेसामने भएका छैनन् । अब भने पहिलोपटक यही महिनाको अन्त्यतिर फाइभजी दूरसञ्चार सेवाको लागि स्पेक्ट्रम लिलामीका दौडान आमनेसामने हुने भएका छन् । राजनीतिक रुपमा राम्रै जोडिएका दुई गुजराती व्यवसायीको प्रतिद्वन्द्विताका बाबजुद उनीहरुबीच बजारमा पूरा तरिकाले प्रतिस्पर्धा भने देखिनेछैन ।

अदानी समूहले शनिबार दूरसञ्चार स्पेक्ट्रम पाउनको लागि हुने दौडमा सामेल हुने पुष्टि गरेको नवभारत टाइम्सले जनाएको छ । तर यो समूहले दूरसञ्चार स्पेक्ट्रमको प्रयोग हवाइ अड्डादेखि आफ्नो व्यवसायलाई सहयोग गर्न एक निजी नेटवर्कको रुपमा गर्ने बताएको छ । एक वक्तव्यमा भनिएको छ, ‘हामी हवाइ अड्डा, बन्दरगाह र लजिस्टिक, बिजुली उत्पादन, वितरण र विभिन्न निर्माण कार्यमा बढ्दो साइबर सुरक्षाको साथै निजी नेटवर्क समाधान गर्न फाइभजी स्पेक्ट्रम लिलामीमा भाग लिइरहेका छौँ ।’

यसको अर्थ अदानी समूहले उपभोक्ता मोबाइल टेलिफोन क्षेत्रमा प्रवेश नगर्ने देखिएको छ । जहाँ अम्बानीको रिलायन्स जियो सबैभन्दा ठूलो कम्पनी हो । संयोग मान्नुपर्छ दूरसञ्चार कम्पनीहरुले निजी क्याप्टिव नेटवर्क स्थापनामा गैरदूरसञ्चार संस्थाहरुलाई स्पेक्ट्रमका कुनै पनि प्रत्यक्ष संलग्नताको कडा विरोध गरिएको थियो । यसबाट कारोबार गम्भीर रुपले प्रभावित हुने उनीहरुको भनाइ थियो ।

यी कम्पनीहरुले गैरदूरसञ्चार कम्पनीहरु स्पेक्ट्रम भाडामा लिने वा निजी क्याप्टिव नेटवर्क स्थापित गर्नुपर्ने चाहेका थिए । पाँचौँ पुस्ताको फाइभजी दूरसञ्चार सेवाहरु जस्तो कि अत्यधिक उच्च गतिको इन्टरनेट सम्पर्क प्रदान गर्न सक्षम यी स्पेक्ट्रमको लिलामीमा भाग लिनको लागि आवेदन शुक्रबार कमसेकम चार आवेदकसँगै बन्द भएको थियो । यो लिलामी जुलाई २६ मा हुनेछ ।

दूरसञ्चार क्षेत्रका तीन निजी कम्पनीहरु जियो, एयरटेल र भोडाफोन आईडियाले लिलामीको लागि आवेदन दिएका छन् । चौथो आवेदक अदानी समूह रहेको छ । समूहले हालै राष्ट्रिय लामो दूरी (एनएलडी) र अन्तर्राष्ट्रिय लामो दूरी (आईएलडी)को लागि लाइसेन्स पाएको थियो । दूरसञ्चार स्पेक्ट्रमको लिलामी २६ जुलाईमा सुरु हुँदा कम्तीमा ४.३ लाख करोड भारुको कुल ७२ हजार ९७ दशमलव ८५ मेगाहर्ज स्पेक्ट्रम पेस गरिनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x