Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंका : राष्ट्रपति निवासमा करोडौँ रकम भेटिएको दाबी

श्रीलंका : राष्ट्रपति निवासमा करोडौँ रकम भेटिएको दाबी


कोलम्बो । शनिबार राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले सार्वजनिक गरेको भिडियोमा राष्ट्रपतिको सरकारी निवासबाट करोडौँ रूपैयाँ नगद बरामद गरेको बताइएको छ ।

सिन्ह्वाका अनुसार प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा करोडौं रुपैयाँ नगद भेटिएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा प्रदर्शनकारीहरुले नोट गनिरहेको देख्न सकिन्छ । ठूलो संख्यामा प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एउटा भिडियोमा केही प्रदर्शनकारी नोट गन्दै गरेको देखिएका छन् । श्रीलंकाका सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भवनबाट बरामद भएको रकम सुरक्षा निकायलाई हस्तान्तरण गरिएको छ ।

यसैबीच, अनुसन्धान अधिकारीले तथ्य जाँचपछि मात्रै वस्तुस्थितिबारे भन्न सकिने बताएका छन् । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन् दयनीय बन्दै गइरहेका समय राष्ट्रपतिको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी राष्ट्रपति कार्यालय प्रवेश गरी सबै कक्षलाई आफ्नो कब्जामा लिएको घोषणा शनिबार गरेका थिए ।

राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा पुगेपछि राष्ट्रपति गोटाबाया राजापाक्ष राष्ट्रपति भवन छोडेर भागेका थिए । प्रदर्शनकारीको आक्रोशित भीड त्यसपछि प्रधानमन्त्री रनिलविक्रमा सिंघेको सरकारी निवासमा समेत पुगी आगजनी गरेका थिए ।

आर्थिक संकट झन गहिरिन थालेपछि देशभरबाट नागरिकहरु राजधानी कोलम्बोमा भेला भएका छन् । यसैबीच, राष्ट्रपति राजापाक्षेले यही जुलाई १३ मा राजीनामा दिने जानकारी यहाँको संसदका सभामुखलाई दिएको स्थानीय संचार माध्यमले जनाएका छन् ।

कडा सुरक्षा घेरा तोड्दै राष्ट्रपति कार्यालयमा प्रदर्शनकारी प्रवेश गरेपछि प्रधानमन्त्री रनिल विक्रमासिंगेले शनिबार नै सर्वदलीय बैठक आयोजना गरी उचित विकल्प आएमा आफूले राजीनामा दिन सहमत भएको घोषणा गरेका थिए ।

श्रीलंकाली राष्ट्रपतिको राजीनामा
श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका छन् ।

राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

Open photo

श्रीलंकाका विभिन्न राजनीतिक दलहरुले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

यसअघि यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् ।प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरुले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उहाँहरुले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ ।

उता शनिबार नै राष्ट्रपति गोटबाया र प्रधानमन्त्रीको निवास र कार्यालयमा प्रदर्शनकारीहरु प्रवेश गरेका थिए । उनीहरुले प्रधानमन्त्री विक्रमासिंघेको घरमा आगजनी समेत गरेका छन् । उता राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास छोडेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x