धौलागिरी लघुवित्तले पायो साधारण सेयर निष्काशन अनुमति
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले यही असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई सेयर निष्काशन अनुमति प्रदान गरेको हो ।
बोर्डको अनुमति पाएसँगै लघुवित्तले तीन करोड ३१ लाख रूपैयाँबराबरको तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । साधारण सेयर निष्काशनको लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा यसअघि नै तोकिसकेको छ ।
वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२ दशमलव १० प्रतिशतबराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो । राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङमा रजिस्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालहरू र दुईवटा उपशाखाहरू स्थापना गरी सेवाग्राहीहरूलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया