Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली सेनाद्वारा बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङअन्तर्गत १८ किमि सडकखण्ड हस्तान्तरण

नेपाली सेनाद्वारा बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङअन्तर्गत १८ किमि सडकखण्ड हस्तान्तरण


काठमाडौं । नेपाली सेनाद्वारा निर्मित बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ अन्तर्गत १८ किलो मिटर सडकखण्ड हस्तान्तरण गरेको छ । सेनाद्वारा निर्माणाधीन गोरखा जिल्लास्थित बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनाअन्तर्गत धार्चे गाउँपालिका वडा नं. ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं. ३ स्थित दोभानसम्मको १८ किमि सडकखण्डको ट्र्याक निर्माणकार्य सम्पन्न गरी सोमबार सडक विभागलाई हस्तान्तरण गरेको हो । सेनाका बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभागअन्तर्गत ११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजना, गोरखाका प्रमुख सीडीई पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।

२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भौगोलिक विकटता, मौसमी प्रतिकूलता, कडा चट्टानयुक्त भू–बनोट आदिका कारण उक्त सडकखण्डको ट्र्याक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो । सेनाले २०७४ वैशाख ११ गतेबाट ट्र्याक खोल्ने कार्य सुरु गरिएको थियो । उक्त सडकखण्डको निर्माणपश्चात् गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नुका साथै उक्त सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास नेपाली सेनाले लिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x