Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन किन ?

अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन किन ?


काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य घट्ने र सुनको मूल्य घट्दा डलरको भाउ बढ्ने गरेको विगत छ । तर अहिले सुन र डलरको मूल्य सँगसँगै बढ्दा त्यसको सिधा असर नेपालको अर्थतन्त्रमा परेको बताइन्छ । यता, २०७९ जेठ २६ गते अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर एक सय २४ दशमलव ६८ रुपैयाँ कायम गरेको थियो । जेठ २७ गते पनि पाँच पैसाले बढेर नयाँ उचाइ कायम गरेको थियो । यसअघि २०७९ जेठ ६ गते अमेरिकी डलरको भाउ एक सय २४ दशमलव ६७ रुपैयाँँ पुगेको थियो । २०७९ जेठ २९ गते अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँँ ८४ पैसा पुगेको छ । जुन हालसम्मकै उच्च विनिमय दर हो । पछिल्ला दिनहरूमा डलरको भाउ लगातार बढिरहेको छ । केही महिनायता अमेरिकी अर्थतन्त्रको सुधार तीव्र गतिमा भइरहेको डलरको मूल्यवृद्धिले पुष्टि गरेको छ ।

हालै अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यनले मुलुकको अर्थतन्त्र र चालू आर्थिक वर्षको वृद्धिदरमा असर पर्ने देखिन्छ । नेपाल आयातमा आधारित अर्थतन्त्र भएकाले अमेरिकी डलरको तुलनामा आन्तरिक मुद्राको अवमूल्यनले पनि आयात महँगो हुने र मुलुकको मुद्रास्फीतिमा असर पर्नेछ ।

विश्वव्यापी वित्तीय बजारको मन्दीले विश्व कोरोनाको कारण आर्थिक मन्दीतर्फ उन्मुख छ भन्ने संकेत दिएपछि देशको मुद्रासँग जोडिएको भारतीय रुपैयाँँ दबाबमा परेपछि नेपाली रुपैयाँँको विनिमय दर झरेको छ ।

हाल नेपाली रुपैयाँँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउ उच्च हुँदा नेपाली रुपैयाँँ हालसम्मकै कमजोर देखिएको भएको हो ।

नेपाल राष्ट्र बैंकले अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र पछिल्लो समय रुस–युक्रेनयुद्धको असर समेत अमेरिकी डलरको मूल्यमा परेको बताउँछन् । विश्वव्यापीरूपमा पछिल्लो समय डलरको माग उच्च छ । माग उच्च हुँदा यसले मूल्य बढेको हो । नेपाली मुद्राको भारतीय रुपैयाँँसँग स्थिर विनिमय दर रहने गरेको छ । यस कारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँँको मूल्य समेत कमजोर हुनेगरेको छ ।

केही दिन अगाडि, रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अबमूल्यन भएको छ । पश्चिमी देशहरूले युक्रेनमाथि धावा बोलेपछि रुसलाई विभिन्न आर्थिक नाकाबन्दी लगाएपछि सो मुद्राको मूल्यमा गिरावट आएको हो । केही मुलुकका बैंकहरूलाई ‘स्विफ्ट’ अन्तर्राष्ट्रिय पेमेन्ट व्यवस्था प्रयोग गर्न प्रतिबन्ध लगाएपछि रुबलको अवमूल्यन भएको थियो ।

युरोपेली संघ, अमेरिका र उसको नाटो गठबन्धनले रुसलाई आर्थिकरूपमा एक्ल्याउन विभिन्न प्रकारले आर्थिक नाकाबन्दी लगाएका थिए ।

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँँको यो गिरावटले आयातमा आधारित नेपाली अर्थतन्त्रलाई जोखिममा पार्नेछ । हाम्रो अर्थतन्त्र निर्यातमुखी भए अमेरिकी डलर बलियो हुनु नेपालको लागि अवसर हुने थियो । नेपालको अर्थतन्त्र धेरै मात्रामा आयातमा निर्भर भएकाले अमेरिकी डलरको तुलनामा कमजोर रुपैयाँले हाम्रो अर्थतन्त्रमा नराम्रो नकारात्मक असर पार्छ ।

कमजोर मुद्राले आयात महँगो बनाउँछ र यसले अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब पनि सिर्जना गर्छ । त्यसैगरी, अमेरिकी डलरमा तिर्नुपर्ने विदेशी ऋणको ब्याज र साँवा चुक्ता गर्दा मुलुकले घाटा व्यहोर्नेछ ।

पछिल्ला केही दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भइरहेको विनिमयदरलाई लिएर सर्वसाधारणमा ठूलो चिन्ताको विषय बनेको छ । जब हामी विदेशी व्यापारमा असन्तुलन पूरा गर्ने उद्देश्यका लागि विदेशी सञ्चिति कायम गर्ने कुरा गर्छौँ भने हाम्रो अर्थ व्यापारको सामान्य ढाँचाबाट उत्पन्न हुने असन्तुलन हो । विगत केही महिनादेखि नेपाली रुपैयाँँ लगातार अवमूल्यन भइरहेको छ ।

पछिल्लो समय नेपालमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन तीव्र गतिमा भइरहेको छ । यो निरन्तर अवमूल्यन प्रक्रिया नेपाली मुद्रास्फीति दर, ब्याजदर वा नेपालको जीएनपीमा वृद्धिको कारण होइन । बरु, यो केवल किनभने नेपाली रुपैयाँँ भारतीय मुद्रामा पेग गरिएको छ । विनिमय मूल्य ह्रास भन्नाले विनिमय दरमा आएको ह्रास हो, अर्थात् एक मुद्राको बाह्य मूल्य अर्को मुद्राको सन्दर्भमा ।

विनिमय मूल्यह्रासले बासिन्दाहरूका लागि घरेलु वस्तुहरू र सेवाहरू सस्तो बनाउँछ र आयात महँगो बनाउँछ । अवमूल्यन भनेको कुनै पनि आधिकारिक आदेशद्वारा बाह्य मूल्य अर्थात् मुद्राको एकाइको विनिमय दर घटाउनु हो । यो या त सबै देशको मुद्रा वा सुनको सम्बन्धमा वा केही चयन गरिएका देशहरूको मुद्रासँग सम्बन्धित हुन सक्छ ।

दक्षिण एसियाका मुद्राहरू तीव्र दबाबमा परेका छन् र अमेरिकी डलरको तुलनामा उल्लेखनीय रूपमा घटेका छन् । सैद्धान्तिकरूपमा भन्नुपर्दा, नेपाली मुद्राको वर्तमान अवमूल्यनको तत्काल प्रभाव निर्यातको विस्तार र आयातको संकुचनमा प्रतिबिम्बित हुन्छ, जसले गर्दा भुक्तानी सन्तुलनको प्रतिकूल अवस्थालाई कम गर्ने प्रवृत्ति हुन्छ । अवमूल्यनका प्रभावहरू पत्ता लगाउन केही अर्थशास्त्रीहरूको विचारमा, देशको निर्यातको लागि बाह्य मागको लोचको जाँच गर्न आवश्यक छ, जुन देशको निर्यातको लागि लोकप्रिय माग हो, जसलाई लोचको दृष्टिकोण भनिन्छ ।

नेपालको विशेष परिवेशमा, माग लोचले काम गर्दैन । यस सन्दर्भमा, यो भन्न सकिन्छः अवमूल्यनको सफलता आयातको लागि आन्तरिक मागमा निर्भर हुनेछ र निर्यातको लागि गैरघरेलु माग एकदम लोचदार हुनुपर्छ, जुन नेपालको सन्दर्भमा वाञ्छित हदसम्म लागू हुँदैन; अवमूल्यनले केही भुक्तानी सन्तुलन वस्तुहरूमा प्रतिकूल प्रभाव पार्छ, जस्तै विदेशी ऋणको भुक्तानीको लागि जब यी राष्ट्रिय मुद्रामा व्यक्त हुन्छन् । समग्रमा भन्नुपर्दा नेपाली निर्यातलाई परिमाणमा गति दिनुपर्नेछ भने आयातमा ह्वात्तै घटाउनुपर्छ जुन उपभोग्य वस्तु, विकास र निर्माण सामग्रीको बढ्दो आयातका कारण सम्भव छैन । यसरी नेपाली गरिब जनताले यो अवमूल्यनको पीडा भोग्नु पर्नेछ ।

उच्च मुद्रास्फीति, मुद्रा आपूर्तिमा विस्तार, विस्तारकारी मौद्रिक नीति एवं लगानीको लागि पर्याप्त रकम बजारमा प्रवाह भएमा आम मानिसको उपभोेगमा वृद्धि हुने, यसबाट मूल्यवृद्धि हुने, विदेशी सामग्रीको उपभोग बढ्दा आयातका लागि बढी विदेशी मुद्रा खर्चिनुपर्ने हुन्छ । यसले मुद्राको क्रयशक्ति घटाउँछ र विदेशी लगानी न्यून परिचालन हुने र भइरहेको लगानी पनि फिर्ता जाने अवस्था आउँछ । यस्तो अवस्थामा देशको अर्थतन्त्र क्रमशः कमजोर हुँदै जान्छ । इन्धनमा भएको मूल्यवृद्धि र अत्यधिक खपतका कारण अमेरिकी डलरको माग बढेर भारतीय बजारमा भारतीय मुद्राको अवमूल्यन भएको हो ।

खर्बौँ रुपैयाँको व्यापारघाटा व्यहोरिरहेको समयमा निर्यात बढाउनको लागि नेपाललेभारतीयरुपियाँसंगको आप्mनो विनिमय दर अवमूल्यन गराउनुपर्ने चर्चा केही समययता निकै गर्मागर्मी रूपमा चलिरहेको छ । तर अधिकांश अर्थविद्हरूले भने अवमूल्यन गर्दा फाइदाभन्दा घाटा धेरै हुने चेतावनी दिनेगरेका छन् ।

निर्यात गर्न सकिने वस्तुहरू नै नेपालसँग धेरै नभएको हुनाले, विदेशीको लागि नेपाली वस्तुको भाउ सस्तो भए पनि खास निर्यात बढ्न नसक्ने अवस्था छ । खानेकुरादेखि पेट्रोलसम्म विदेशी आयातमा भर पर्ने नेपालीहरूको निम्ति त्यो महँगी निकै पीडादायक बन्न सक्छ ।

समग्रमा डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स र एफडीआईमा सुधार आउँदा देशको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मदत पुग्छ । तर ऋण सहयोग साँवाब्याज भुक्तानी, आयातको भुक्तानी, विदेशी लगानीकर्ताहरूले मुनाफा लैजाँदा, विदेश अध्ययन गर्न जान लागेका विद्यार्थीहरू, भ्रमण रस्वास्थ्य उपचारका लागि विदेश जाँदा डलर साट्नुपर्दा भने नेपालीलाई ठूलो नोक्सानी व्यहोर्नुपर्ने भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x