Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो ए५७ र ए७७ नेपाली बजारमा चाँडै आउने

ओप्पो ए५७ र ए७७ नेपाली बजारमा चाँडै आउने


काठमाडौं । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ । यी दुई नयाँ स्मार्टफोनहरु टिकाउ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ छन् । यी फोनहरुको कार्यक्षमता मनोरञ्जनका साथै उत्कृष्ट फोटोग्राफीका लागि बेजोड छन् ।

ओप्पो ए – सिरिजहरू ओप्पोको एन्ट्री–लेभल मिड–रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरिजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरिजकोे तुलनामा केही सुधारहरू गरिएका छन् । यसमा प्रिमियम टुडी डिजाइन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल–डाउन टेक्नोलोजी प्रयोग गरेको छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमायो एक मात्र स्मार्टफोन हो । यस मोडेलहरुमा भरपर्दो गुणस्तर र गोपनीयता संरक्षण गर्ने सफ्टेवेयरहरु पनि राखिएको छ ।

कम्पनीले नेपालमा ओप्पो ए७७ र ओप्पो ए५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै सार्वजनिक गर्ने जनाएको छ  । कम्पनीले चाँडै सोसल मिडिया ह्यान्डलहरूमार्फत यसको फिचर्स र स्पेकहरुबारे जानकारी दिने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x