Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु

नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु


काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी असार २७ गते सोमबारबाट नबिल बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरेको हो ।

यसअघि दुवै बैंकहरूको २०७८ जेठ सात गते बसेको छुट्टाछुट्टै साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेको थियो । सोपश्चात् कम्पनी रजिस्टर्ड कार्यालयको यही असार १७ प्राप्तिको लागि स्वीकृति प्रदान गरेको थियो । सोही आधारमा नेपाल राष्ट्र बैंकले पनि प्राप्ति प्रक्रियाको लागि स्वीकृति दिएसँगै सोमबारबाट नबिल बैंक लिमिटेडकै नाउँमा एकीकृत कारोबार सुरु भएको हो ।

नबिलले एनबीलाई प्रतिसेयर ४३ रुपैयाँका दरले प्राप्ति गरेको हो । जसअनुसार नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा चार अर्ब ३३ करोड रुपैयाँ थपिनेछ । यसो हुँदा एकीकृत कारोबारपश्चात् नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । प्राप्तिअघि नबिलको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ थियो भने एनबीको चुक्ता पुँजी १० अर्ब आठ करोड रुपैयाँ रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x