Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा मन्दिरको पूर्वाधार निर्माणमा सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा मन्दिरको पूर्वाधार निर्माणमा सहयोग


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले घोराही उप.म.न.पा. वडा नं. ५ धारापानी, दाङस्थित पवित्र धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरमा भक्तजनहरूको लागि विश्राम गर्न प्रतीक्षालय निर्माण गरेको जानकारी दिएको छ । बैंकका अनुसार उक्त प्रतीक्षालयको एक कार्यक्रमबीच बैंकका घोराही शाखाप्रमुख विकास केसीद्वारा उक्त मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीलाई अन्य पदाधिकारीहरूको रोहवरमा हस्तान्तरण गरिएको हो ।

यो सहयोगबाट मन्दिरमा आउने नजिकका तथा टाढाका भक्तजनहरूलाई विश्राम गर्न मदत पुग्ने धारणा बैंकले लिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागि : ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x