Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकैदिन १६ हजार पाँच सयभन्दा बढी कोरोना संक्रमित

भारतमा एकैदिन १६ हजार पाँच सयभन्दा बढी कोरोना संक्रमित


नयाँ दिल्ली । आइतबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १६ हजार छ सय ७८ कोरोना संक्रमित थपिएका छन् । हाल भारतमा एक लाख ३० हजार सात सय १३ सक्रिय संक्रमित रहेका छन् । यो कुल संक्रमितको ०ं.३० प्रतिशत हो । करिब चार महिनापछि ११ दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको छ ।

हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । पछिल्लो एक दिनमा १४ हजार छ सय २९ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २९ लाख ८३ हजार भन्दा बढी पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ ।

चौबीस घण्टाको समयावधिमा कोरोना संक्रमणमा २६ को मृत्यु भएको छ । कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार चार सय ५० भन्दा बढीको मृत्यु भएको छ । चौबीस घण्टाको सो अवधिमा दुई लाख ७८ हजार दुई सय ६६ कोरोना परिक्षण भएको जनाइएको छ । यहाँ कोरोना संक्रमण सुरु भएबाट हालसम्म ८६ करोड ६८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९८ करोड ८८ लाख ७७ हजार आठ सय ६३ डोज खोप लगाइएको छ । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x