मस्कले नकिन्ने भनेपछि ट्विटरको सेयर घट्यो
अमेरिका । चर्चित सामाजिक सञ्जाल ट्विटरको सेयरमा सोमबार गिरावट आएको छ । अर्बपति इलोन मस्कले ४४ अर्ब डलरमा यसअघि आफैँले गरेको खरिद प्रस्तावबाट हात झिक्ने बताएपछि ट्विटरको सेयरमा गिरावट आएको बताइएको छ ।
ट्विटरले कम्पनीबारेको पर्याप्त सूचना आफूलाई दिन इन्कार गरेको आरोप लगाउँदै नकिन्ने घोषणा गरेका थिए । उनले ट्विटरमा कति स्पाम र झूठा एकाउन्ट छन् भन्ने जानकारी मागिरहेका थिए । मस्कले अहिले एकाएक एकतर्फी रुपमा नकिन्ने बताएपछि ट्विटरले भने कानुनी लडाइँको तयारी गरेको बीबीसीले जनाएको छ । त्यसका लागि उसले अमेरिकी उच्च कानुनी फर्मलाई मुद्दा लड्न अख्तियारी दिएको बताइएको छ ।
मस्कले भने अदालतमा ट्विटरले बोटहरुबारे जानकारी दिनुपर्ने भन्दै ट्विट गरेका छन् । संसारकै धनाढ्य अर्बपति मस्कले एक ट्विट गर्दै उक्त चुनौती दिएका हुन् । सोमबारको सुरुवाती कारोबारमा ट्विटरको सेयर प्रतिकित्ता मूल्य ३४.४० अमेरिकी डलरमा कारोबार भएको हो । मस्कले प्रतिकित्ता ५४.२० डलरमा ट्विटर किन्न गरेको अफरभन्दा यो निकै तलको मूल्य हो । उनले गरेको खरिद प्रस्तावलाई ट्विटरको बोर्डले गत अप्रिलमै अनुमोदन समेत गरिसकेको छ ।
मस्कले गत शुक्रबार ट्विटर नकिन्ने जानकारी गराएका थिए । उनी चर्चित विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष रकेट कम्पनी स्पेस एक्सका मालिक रहेका छन् । गत अप्रिलमा उनले ट्विटर किन्न प्रस्ताव गरेका थिए । तर एक महिनापछि ट्विटरसँग झूटा खातालाई लिएर वैमनश्य बढेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया