Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारनोभेम्बर सम्ममा विश्वको जनसंख्या ८ अर्ब पुग्ने

नोभेम्बर सम्ममा विश्वको जनसंख्या ८ अर्ब पुग्ने

२०२३ सम्ममा भारत विश्वकै बढी जनसंख्या भएको देश हुने


संयुक्त राष्ट्रसंघ । नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीले सोमबार विश्व जनसंख्या दिवसका अवसरमा दिएको जानकारी अनुसार सन् २०२३ मा भारतले चीनलाई सबैभन्दा बढी जनसंख्या भएको मुलुकको रूपमा उछिन्ने प्रक्षेपण पनि गरिएको छ ।

उक्त अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले भने, ‘पृथ्वीको हेरचाह गर्ने हाम्रो साझा जिम्मेवारी हो । यो हामी अझै पनि एक अर्काप्रति को प्रतिबद्धताहरू पूरा गर्न चुकेका छौँ भन्ने कुरा मनन गर्ने क्षण हो ।’ ‘वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२२’ अनुसार सन् १९५० देखि अहिलेसम्म आइपुग्दा जनसंख्या वृद्धि दरमा सुस्तता आएको छ । सन् २०२० मा यो दर एक प्रतिशतभन्दा कम भएको थियो । विश्वको जनसंख्या सन् २०३० मा लगभग आठ अर्ब ५० करोड, सन् २०५० मा नौ अर्ब ७० करोड र सन् २०८० को दशकमा करिब १० अर्ब ४० करोड पुग्ने अनुमान वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२२ ले गरेको छ ।

उपसहारा क्षेत्रका अफ्रिकी देशहरूले सन् २०५० सम्ममा विश्व जनसंख्याको वृद्धिको आधाभन्दा बढी योगदान गर्ने अनुमान गरिएको पनि उक्त रिपोर्टमा उल्लेख छ । सन् २०५० सम्म अनुमानित वृद्धिको आधाभन्दा बढी हिस्सा प्रजातान्त्रिक गणतन्त्र कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया गरी आठ देशहरूमा केन्द्रित हुनेछ रिपोर्टमा उल्लेख गरिएको छ । ‘तीव्र जनसंख्या वृद्धिले गर्दा गरिबी निर्मूल हुन्छ, भोकमरी र कुपोषणविरूद्धको लडाईं अनि स्वास्थ्य तथा शिक्षा प्रणाली अझ जटिल हुन्छ । यसको विपरीत, दीगो विकास लक्ष्यहरू प्राप्त गर्नु, विशेष गरी स्वास्थ्य, शिक्षा र लैंगिक समानतासँग सम्बन्धित लक्ष्यहरू प्राप्त गर्दा प्रजनन स्तर कम गर्न र विश्व जनसंख्या वृद्धिलाई सुस्त बनाउन योगदान पुग्नेछ’, रिपोर्टमा संयुक्त राष्ट्रसंघका आर्थिक तथा सामाजिक मामिलासम्बन्धी उप–महासचिव लिउ झेन्मिनले बताएका छन् ।

उक्त रिपोर्टमा बताइएअनुसार हालैका दशकहरूमा धेरै देशहरूमा प्रजनन क्षमता उल्लेखनीय रूपमा घटेको छ । प्रजनन क्षमताको निरन्तर न्यून स्तर र कुनै–कुनै अवस्थामा, बसाइँ सराइको उच्च दरको कारण ६१ देश वा क्षेत्रहरूको जनसंख्या सन् २०२२ देखि सन् २०५० को बीचमा एक प्रतिशत वा त्योभन्दा बढी घट्ने प्रक्षेपण गरिएको उक्त अध्ययनले जनाएको छ । रिपोर्टमा सन् २०२२ मा विश्वको जनसंख्या ६५ र त्योभन्दा बढी मुलुकमा जनसंख्या १० प्रतिशतबाट बढेर सन् २०५० मा १६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

उक्त रिपोर्टमा भनिएको छ, ‘वृद्ध जनसंख्या भएका देशहरूले सामाजिक सुरक्षा र पेन्सन प्रणालीको स्थायित्वमा सुधार गर्नुका साथै विश्वव्यापी स्वास्थ्य सेवा तथा दीर्घकालीन देखभाल प्रणालीहरू स्थापना गरेर वृद्ध व्यक्तिहरूको बढ्दो अनुपातअनुसार सार्वजनिक कार्यक्रमहरू अनुकूलन गर्न कदम चाल्नुपर्छ ।’

अहिले मृत्युदरमा थप कमी आएको छ र सन् २०५० मा विश्वव्यापी औसत आयु ७७.२ वर्ष हुने प्रक्षेपण गरिएको छ । सन् २०१९ मा विश्वव्यापी औसत आयु ७२.८ वर्ष रहेको रिपोर्टमा जनाइएको छ । यो सन् १९९० को तुलनामा करिब नौ वर्षको सुधार हो । तथापि, सन् २०२१ मा विश्वव्यापी औसत आयु ७१ वर्षमा झरेको थियो ।

प्रायजसो कोभिड–१९ महामारीको कारणले गर्दा, र कम विकसित देशहरूको औसत आयु विश्वव्यापी औसत आयुभन्दा सात वर्ष पछि रहेको पाइएको छ । सन् १९९० देखि विश्वभर जनसंख्या वृद्धिसँग सम्बन्धित विषयहरूमा जनचेतना जगाउन जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाइँदै आएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x