Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबुद्धनगरबाट चोरिएको मोटरसाइकल गोंगबुबाट नियन्त्रणमा

बुद्धनगरबाट चोरिएको मोटरसाइकल गोंगबुबाट नियन्त्रणमा


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौँको गोंगबु चोकबाट नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले सर्लाही हरीवन नगरपालिका वडा नं. १० सुकेपोखरी घर भई हाल काठमाडौं कपन बस्ने मनोज घिमिरेलाई काठमाडौं बुद्धनगरबाट हराएको बागमती प्रदेश ०२–०२४ प ०१८९ न. को रातो रङको २०० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

कार्यालयका सहप्रवक्ता प्रहरी नायब उपरिक्षक बाल नरसिंह राणाका अनुसार वास्तविक नम्बर बागमती प्रदेश ०२–०२४ प ०१८९ खुल्न आएको सो मोटरसाइकल जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ७ घर भई हाल काठमाण्डौं बुद्धनगर बस्ने सौगन श्रेष्ठको रहेको छ । नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x