सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिबीच बैंकका ग्राहकहरूलाई केबलकारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेशप्रमुख अमित श्रेष्ठ तथा अन्नपूर्ण केबलकार प्रालिका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले अन्नपूर्ण केबलकार प्रालिमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङ प्रयोग गरी केबलकारको टिकट खरिदबापत १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यातमा दिइने नगद अनुदान भुक्तानी गर्दै सरकार
- राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
- डेडिकेटेड र ट्रंकलाइनमा हिमाल आइरन एण्ड स्टीलको रिट खारेज
- नेपालबाट भारतमा बढ्यो चियाको निर्यात, तीन महिनामा ५० प्रतिशत आम्दानी बृद्धि
- रवि लामिछानेको म्याद फेरि थप, यो साता कास्की प्रहरीकै हिरासतमा रहने
- गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङ्गेलाई पाँच वर्ष कैदको फैसला, सांसद पद के हुन्छ?
- बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
- अमेरिकामा ४७औँ राष्ट्रपति छान्न मतदान जारी, ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया