Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार१७ वर्षपछि भारत फर्कियो युरोपको चर्चित कम्पनी

१७ वर्षपछि भारत फर्कियो युरोपको चर्चित कम्पनी


नयाँ दिल्ल । प्रिमियम कन्जुमर ड्युरेबल प्रोडक्ट्स बनाउने चर्चित कम्पनी इलेक्ट्रोलक्स १७ वर्षपछि भारत फर्किएको छ । कम्पनीले दिल्लीको साकेतमा आफ्नो पहिलो रिटेल तथा एक्सपिरियन्स सेन्टर खोलेको हो ।

इलेक्ट्रोलक्स एक विश्व घरसामग्री बिक्रेता कम्पनी हो । यसले भारतमा रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर प्युरिफायर, एयर कन्डिसनर, डिसवासर र कुकिङ सोलुसनहरु बेच्नेछ । यसअघि कम्पनीले सन् १९९५ मा भारतीय बजारमा प्रवेश गरेको थियो । तर १० वर्षपछि सन् २००५ मा यहाँ आफ्नो काम बन्द गरेको थियो । अब कम्पनीले भारतमा एकपटक फेरि आफ्नो शतप्रतिशत सब्सिडरीसँगै प्रवेश गरेको भारतीय मिडियाले जनाएका छन् । यसले भारतीय बजारमा प्रतिस्पर्धा बढ्ने बताइएको छ ।

कम्पनीले ओम्नी च्यानल रिटेल एप्रोचको लागि भारतीय बजारमा दोस्रो पटक प्रवेश गरेको हो । यसको योजना अक्टोबरसमम तरिणबद्ध तरिकाबाट आफ्नो उत्पादन बजारमा लग्नेछ । अहिले कम्पनी भारतम साझेदारको माध्यमबाट केवल एयर कन्डिसनर बनाइरहेको छ । बाँकी उत्पादन पोल्यान्ड, इटली, जर्मनी र थाइल्यान्डबाट ल्याउनेछ भने पछि माग बढेसँगै भारतमै प्लान्ट स्थापना गर्ने लक्ष्यसाथ अघि बढेको छ । रिटेल आउटलेटबाहेक कम्पनी रिटेल पार्टनर्स र आफ्नो वेबसाइटबाट अनलाइन बिक्री समेत गर्नेछ ।

कम्पनीको योजना भारतमा पाँच मुख्य ब्रान्ड स्टोरहरु खोल्ने र दुई सयभन्दा धेरै रिटेल पार्टनर्स जोड्ने रहेको छ । कम्पनीको मुख्य ध्यान महानगरीय सहरमा २५ देखि ४० वर्षसम्मका उपभोक्तामा छ । कम्पनीले मुम्बईमा आफ्नो हेडक्वार्टर र दिल्लीमा क्षेत्रीय कार्यालय बनाएको नवभारत टाइम्सले उल्लेख गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x