Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपेट्रोलियमको मूल्य आकासिँदा अमेरिकामा महँगी ९.१ प्रतिशतले बढ्यो

पेट्रोलियमको मूल्य आकासिँदा अमेरिकामा महँगी ९.१ प्रतिशतले बढ्यो


अमेरिका । अमेरिकामा महंगी आकाशिएको छ । उपभोक्ता मूल्य ९.१ प्रतिशतले वर्षगत वृद्धि भएको ब्युरो अफ लेबर स्टाटिस्टिक्सको बुधबारको नयाँ तथ्यांकले देखाएको हो । यो वृद्धि ४० वर्षयताकै उच्च भएको बताइएको छ । मे महिनासम्म मूल्यवृद्धि ८.६ प्रतिशत थियो । तर अहिले आएको तथ्यांक अर्थशास्त्रीले अनुमान गरेको ८.८ प्रतिशतभन्दा धेरै भएको रिफाइनिटिभले जनाएको छ ।

जुनका लागि उपभोक्ता मूल्य सूचकांकले पनि सबैखाले मूल्य जुन उपभोक्ताले तिर्छन् पनि मेबाट जुनसम्म १.३ प्रतिशतले बढेको छ । यसमा वस्तु र सेवा समावेश छ । जुनमा बढेको अधिकांशतः पेट्रोलियममा भएको मूल्यवृद्धिको उपज रहेको बताइएको छ । त्यो बेला वर्षगत तुलनामा ६० प्रतिशतले बढेको थियो ।

गत महिना अमेरिकीहरुले इन्धनमा धेरै पैसा तिर्नुपरेको थियो । राष्ट्रिय औसत एक ग्यालन इन्धनको अमेरिकीहरुले पाँच अमेरिकी डलर तिरेका थिए । त्यस्तै विद्युत् र प्राकृतिक ग्यासको मूल्य समेत १३.७ प्रतिशतले र ३८.४ प्रतिशतले क्रमशः बढेको थियो । जुनमा सकिएको १२ महिनाको चक्रअनुसार यो वृद्धि भएको हो । कुल रुपमा भन्नुपर्दा ऊर्जा क्षेत्रको मूल्यवृद्धि वर्षगत तुलनामा ४१.६ प्रतिशत रहनपुगेको बताइएको छ ।

उक्त वृद्धि सबैजसो क्षेत्रमा देखिएको सीएनएनले जनाएको छ । खाद्य क्षेत्रमा समेत अमेरिकामा वार्षिक तुलनामा १२.२ प्रतिशतले वृद्धि भएको छ । डेरी उत्पादन १३.५ प्रतिशतले बढ्दा मासुको मूल्यवृद्धि १३.८ प्रतिशत पुगेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x