Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकेएल दुगड समूहकोे ज्ञान मखाना बजारमा

केएल दुगड समूहकोे ज्ञान मखाना बजारमा


काठमाडौं । केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ । केएल दुगड समूहले ज्ञान ब्राण्डको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परीक्षण गरी उपभोगको लागि योग्य रहेको ठह¥याएका छन् । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मखाना दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिन्छ ।

मखाना हल्का रोस्ट गरेर अथवा सिधै खान सकिन्छ । यो खीरसहित विभिन्न स्वादिष्ट र मिठाइ परिकार बनाउन पनि प्रयोग गर्न सकिन्छ । ज्ञान मखाना मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा दुई सय ग्राम प्याकमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x