राजापाक्षे सिंगापुर पुगे
सिंगापुर । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे सिङ्गापुर आइपुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिंगापुर प्रवेश गर्न दिइएको सिंगापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ ।
मन्त्रालयको अनुमतिमा उनी सिंगापुर आएको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत उनी माल्दिभ्सबाट सिंगापुर आएको स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् । स्थानीय समयअनुसार बिहीबार बेलुका ७.१७ बजे उनी सिंगापुरको चाँगी विमानस्थलमा उत्रिएका हुन् ।
राजापाक्षे शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । उनको गन्तव्य सिंगापुर नै हो वा फेरि अन्यत्र जाने हो भन्ने बारेमा पनि एकीन नभएको जनाइएको छ । आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बसेका राजापाक्षेले बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए । त्यहाँ उनी एक दिन बसेर सिंगापुर आएका हुन् ।
उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई दिइएको छ । सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिएका छन् । रासस /सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक
- एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान महतो
- मेलम्चीको पानी बागमती नदीमा छाडियो
- बौद्धिक पलायन रोक्न विद्यालयदेखि नै सीपमूलक शैक्षिक कार्यक्रम आवश्यक: अध्यक्ष दाहाल
- छन्दुस्थित महावाणिज्य दूतावासमा परराष्ट्रमन्त्री डा. राणा
- ब्ल्याक शार्क नेपाली बजारमा
- ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्सको ओरिएन्टेसन सम्पन्न
- नेपाल बैंक र नेपाल इन्टरनेसनल हेल्थ सर्भिसेजबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया