खाद्यान्न निर्यातका लागि युक्रेन–रूस वार्तामा प्रगति
किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले खाद्यान्न निर्यातबारे रूससँगको भएको वार्तामा प्रगति भएको बताएका छन् । इस्तानबुल वार्तामा खाद्यान्न आपूर्तिका विषयमा प्रगति भएको उनले जानकारी दिएका हुन् ।
केही दिनअघिदेखि इस्तानबुलमा खाद्यान्न आपूर्ति गर्ने विषयमा रुस र युक्रेनका बीच वार्ता भएको थियो । वार्तामा टर्की र संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुको पनि सहभागिता थियो । राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार वार्तामा प्रगति भएको जनाइएको छ ।
राष्ट्रपति जेलिन्स्किीले युक्रेनको वार्ताटोलीका तर्फबाट आफूलाई दिइएको जानकारीअनुसार वार्तामा केही प्रगति भएको र त्यसमा संयुक्त राष्ट्रसंघ र टर्कीका प्रतिनिधि पनि सहमत भएका छन् । द्विपक्षीय सहमति भएपछि विश्व बजारमा युक्रेनमा उत्पादित खाद्यान्न सहजरूपमा आपूर्ति हुनेछ ।
युक्रेन, रुस र टर्कीका प्रतिनिधिहरुले यहाँस्थित राष्ट्रसंघीय कार्यालयमा आफ्ना माग पेश गरेका थिए । त्यसक्रममा युक्रेनबाट खाद्यान्न आपूर्तिको प्रयासलाई सफल बनाउनेबारे छलफल भएको थियो । युक्रेन युद्ध र त्यसको प्रभाव विश्वभर परेको छ जसका कारण विश्वका विभिन्न देशमा खाद्यान्नको अभाव भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ज्योति विकास बैंकका ग्राहकलाई इ–रिभल्भिङ इन्डियन कुजाइन रेस्टुरेन्टमा छुट
- जीवन विकास लघुवित्तको नाफा नौ करोड ९३ लाख
- एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष सार्वजनिक
- एसिया र विश्वकप यो हातले उचाल्नु छ: कप्तान महतो
- मेलम्चीको पानी बागमती नदीमा छाडियो
- बौद्धिक पलायन रोक्न विद्यालयदेखि नै सीपमूलक शैक्षिक कार्यक्रम आवश्यक: अध्यक्ष दाहाल
- छन्दुस्थित महावाणिज्य दूतावासमा परराष्ट्रमन्त्री डा. राणा
- ब्ल्याक शार्क नेपाली बजारमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया