Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबिल गेट्सले दान गरे २० अर्ब डलर

बिल गेट्सले दान गरे २० अर्ब डलर


अमेरिका । अमेरिकी अर्बपति बिल गेट्सले आफ्नो सम्पत्तिको २० अर्ब डलर दानमा खर्चिएका छन् । धनाढ्यको सूचीबाट बाहिरिने योजना बनाएका गेट्सले उक्त रकम च्यारिटी संस्था बिल एन्ड मेलिन्डा फाउन्डेसनलाई दिएका हुन् । यो संस्थाले विश्वले कोरोना महामारी र रुस–युक्रेन युद्धले थपेको चुनौती सामना गरिरहेका बेला ठूलो धनराशि खर्चिने योजनाा बनाएको छ ।

यो संस्था विश्वकै ठूलो दान र समाजसेवामा खर्च गर्ने संस्था हो । यसले महामारीअघिको अवस्थामा विश्वलाई लैजान ५० प्रतिशतले खर्च बढाउने योजना बनाएको छ । यो भनेको छ अर्ब डलरबाट हरेक वर्ष नौ अर्ब अमेरिकी डलर खर्च गर्ने हो । यसरी २०२६ सम्म खर्च गर्ने योजना छ । यो संस्थाले विश्वमा स्वास्थ्य, लैंगिक समानता, शिक्षा र अन्य सामाजिक मुद्दाहरुमा सुधारको लागि आर्थिक सहयोग गर्छ ।

माइक्रोसफ्टका सहसंस्थापक गेट्स र उनकी पूर्वश्रीमती मेलिन्डा फ्रेन्च गेट्स दुवैले आफ्नो धेरै सम्पत्ति फाउन्डेसनलाई दिने बताएका छन् । २० वर्षअघि यो संस्थाको स्थापना भएको थियो । २०२१ मे महिनामा यो दम्पतीले सम्बन्धविच्छेद गरेको थियो । सम्बन्धविच्छेद भए पनि संस्थामा दुवैले मिलेर काम गर्ने बताएका थिए । यसअनुसार सहप्रमुखको रुपमा अझै दुई वर्ष उनीहरुले काम गर्ने बताएका छन् ।

अन्त्यमा मेलिन्डाले राजीनामा दिन पनि सक्नेछिन् भने पूर्वपतिबाट रकम पनि पाउनेछिन् । त्यसपछि बिल नै संस्थाको प्रमुख कायम हुनेछन् । बिलसँग अहिले ११४ अर्ब डलर सम्पत्ति रहेको अनुमान छ । उनी अहिले ब्लुम्बर्गको अर्बपति सूचकांकमा चौथो धनाढ्यमा पर्छन् । उनको धेरै सम्पत्ति माइक्रोसफ्टको सेयरमा आधारित छ ।

बिल धनाढ्यको सूचीबाट बाहिरिन चाहिरहेका छन् । उनले बुधबार मात्रै एक ब्लगपोस्टमा भनेका थिए, ‘म अब सामान्य व्यक्तिमा बदलिन चाहन्छु। मेरा स्रोतहरु समाजलाई फर्काउनुपर्ने कर्तव्य निर्वाह गर्नुपर्ने छ । ता कि ती सबै मानिसहरुको जीवनमा सुधार ल्याउन सकोस् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x