Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुको स्थानीय तहमा बेरुजुको चाङ

सोलुखुम्बुको स्थानीय तहमा बेरुजुको चाङ


गुरुङ । सोलुखुम्बुको स्थानीय तहहरूमा बेरुजुको चाङ देखिएको छ । जिल्लामा सबैभन्दा बढी बेरुजु माप्यदुधकोशी गाउँपालिकामा देखिएको हो । यस्तै सबैभन्दा कम बेरुजु थुलुङ दुधकोशी गाउँपालिकामा देखिएको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आथिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदनमा जिल्लाका आठ स्थानीय तहमध्ये माप्यदुधकोशी गाउँपालिकाको सबैभन्दा बढी ९ दशमलव ३६ र थुलुङदुधकोशी गाउँपालिकाको सबैभन्दा कम १ दशमलव ४५ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखाको ५९औँ वार्षिक प्रतिवेदनमा माप्यदुधकोशीको ६३ करोड ४० लाख छ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ९३ लाख ३० हजार रूपैयाँ बेरुजु देखिएको छ । यस्तै थुलुङ दुधकोशीको एक अर्ब चार करोड १२ लाख ५० हजारको लेखापरीक्षण गर्दा एक करोड ५१ लाख ४७ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै सोताङ गाउँपालिकाको पाँच करोड ३२ लाख ५२ हजार रूपैयाँ रकम बेरुजु पाइएको छ । ६८ करोड ६५ लाख ५२ हजारको लेखापरीक्षण गर्दा ७ दशमलव ७६ प्रतिशत बेरुजु देखिएको हो ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकाको चार करोड १५ लाख ६६ हजार बेरुजु रहेको महालेखाले औँल्याइएको छ । ६५ करोड ८३ लाख १३ हजारको लेखापरीक्षण गर्दा ६ दशमलव ६१ प्रतिशत रकम बेरुजु देखिएको हो । लिखुपिके गाउँपालिकाको दुई करोड ६९ लाख ९५ हजार बेरुजु पाइएको छ । ५० करोड ८१ लाख ९१ हजारको लेखापरीक्षण गर्दा ५ दशमलव ३१ प्रतिशत रकम बेरुजु देखिएको हो ।

नेचासल्यान गाउँपालिकाको दुई करोड ९८ लाख ८१ हजार रूपैयाँ बेरुजु पाइएको छ । ९१ करोड १२ लाख ९१ हजारको लेखापरीक्षण गर्दा ३ दशमलव २८ प्रतिशत रकम बेरुजु देखिएको छ । यस्तै महाकुलुङ गाउँपालिकाको दुई करोड २१ लाख १० हजार बेरुजु देखिएको छ । ७१ करोड १८ लाख ८० हजारको लेखापरीक्षण गर्दा ३ दशमलव ११ प्रतिशत रकम बेरुजु पाइएको हो । जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डको तीन करोड २८ लाख ४९ हजार रकम बेरुजु पाइएको छ । एक अर्ब ४१ करोड ४६ लाख ७३ हजारको लेखापरीक्षण गर्दा २ दशमलव ३२ प्रतिशत रकम बेरुजु देखिएको महालेखापरीक्षकको कार्यालय काठमाडौंको प्रतिवेदनमा उल्लेख छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x