Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो ब्रेकथ्रु प्रेरणा पुरस्कारका विजेता भए कार्लोस

ओप्पो ब्रेकथ्रु प्रेरणा पुरस्कारका विजेता भए कार्लोस


काठमाडौं । ओप्पो ब्रेकथ्रु प्रेरणा पुरस्कारका विजेता कार्लोस अल्काराज बनेका छन् । टेनिसमा सबैभन्दा रोमाञ्चक युवा खेलाडीमध्ये एकको रूपमा सम्मानित १९–वर्षीय खेलाडीले यस वर्ष चार एटीपी एकल उपाधि जितेका छन् । हाल विश्वमा उनको करियर उच्च स्थानमा छ ।

ओप्पोको नयाँ ब्रान्ड प्रस्ताव, ‘इन्स्पिरेसन अहेड’सँग जोडिएको, यस वर्षको अवार्डले टेनिस प्रतिभाको शिखरमा रहेका ती खेलाडीहरूकोे कठिन प्रयासलाई पहिचान गर्न केन्द्रित भएको छ । उत्कृष्टको विरूद्ध प्रतिस्पर्धा गर्नु संघर्ष र प्रतिकूलताको साथ आउँछ र अवार्ड च्याम्पियन जसले लगनशील र सकारात्मक दृष्टिकोणका साथ उत्कृष्ट प्रदर्शन गरेका छन् ।

ओप्पोका उपप्रमुख तथा ओप्पो ग्लोबल मार्केटिङका प्रमुख विलियम लिउले खेलकुदहरुमा सहभागी हुनु ओप्पोको लागि पारस्परिक रूपमा प्रेरणादायी भावना व्यक्त गर्न टेक्नोलोजीको नवीन अनुभव हाम्रा विश्वव्यापी प्रयोगकर्ताहरूसमक्ष पु-याउन एक उत्तम माध्यम बनेको बताए । विम्बल्डनका प्रसारण संवाददाताहरूको प्यानलद्वारा छनोट गरिएका फाइनलिस्ट यस वर्ष द च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टेनिस स्टारहरूबाट छनोट भएका थिए । ओप्पो ब्रेकथ्रु इन्स्पिरेसन अवार्ड २०२२ को विजेताको ताज लगाउने दौडमा अन्तिम विजेता कार्लोस अल्काराजसँगै जाननिक सिन्नर, तातजाना मारिया र हार्मोनी ट्यान थिए । विश्वभरका फ्यानहरूसँग ८ जुलाईमा मतदानको समापनसँगै प्रतिस्पर्धामा सबैभन्दा बढी प्रेरित गर्ने टेनिस खेलाडीलाई मतदान गर्ने अधिकार थियो ।

नयाँ आधार तोड्नु र विश्वभरका मानिसहरूलाई प्रेरणा दिनु ओप्पोको मुख्य विशेषता हो । ओप्पो ब्रेकथु्र इन्स्पिरेसन अवार्डले ती मूल्य मान्यतालाई आत्मसात् गर्ने टेनिस स्टारहरूलाई स्वीकार गरेको यो नैतिकताको उदाहरण हो । विम्बल्डनको सेन्टर कोर्टको एक्लेक्टिक १०० वर्षको विरासतलाई निरन्तरता दिनका लागि भविष्यका टेनिस स्टारहरूलाई प्रेरणा दिने मार्ग हो, यसलाई विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताको रूपमा मान्ने गरिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x