बजार परिसूचक दुई हजार नौ दशमलव ४६ विन्दुमा
सातामा नौ अर्ब ९४ करोड ५९ लाख रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार नौ दशमलव ४६ विन्दुमा कायम रहेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८५ दशमलव ९१ विन्दुुमा सीमित भएको छ । यस साता धितोपत्र बजारमा दुुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख ६९ हजार चार सय ५७ पटकको कारोबारमा दुई करोड ७३ लाख ३१ हजार सात कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम नौ अर्ब ९४ करोड ५९ लाख ३१ हजार चार सय ३९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच अर्ब रुपैयाँले कम हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय ३४ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख ५९ हजार सात सय ३० पटकको कारोबारमा तीन करोड ९८ लाख ६० हजार पाँच सय ६० कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १४ अर्ब ९५ करोड १५ लाख ३२ हजार नौ सय २६ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो भने दोस्रो कारोबार दिन सेयर बजार सेयर बजार परिसूचक ओरालो लागेको थियो । यीबाहेकका बाँकी दिनहरूमा भने सेयर बजार परिसूचक उकालो लागेको थियो ।
दोस्रो कारोबार दिन भने बजार परिसूचक ७७ दशमलव एक अंकले ओरालो लागेर एक हजार नौ सय १५ दशमलव ६१ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव तीन अंंकले ओरालो लागेर तीन सय ६६ दशमलव ८६ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक ११ दशमलव ६८ अंकले उकालो लागेर एक हजार नौ सय २७ दशमलव २८ विन्दुुमा चढेकोमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव नौ अंंकले उकालो लागेर तीन सय ६८ दशमलव ९५ विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक पुनः ५९ दशमलव ५४ अंकले उकालो लागेर एक हजार नौ सय ८६ दशमलव ८२ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४२ अंंकले उकालो लागेर तीन सय ८१ दशमलव ३७ विन्दुमा चढेको थियो । पाँचौँ कारोबारदिन भने बजार परिसूचक १४ दशमलव ७१ अंकले उकालो लागेर दुई हजार एक दशमलव ५३ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७८ अंंकले उकालो लागेर तीन सय ८३ दशमलव १४ विन्दुमा चढेको थियो । छैटौँ कारोबार दिन पनि बजार परिसूचक सात दशमलव ९३ अंकले उकालो लागेर दुई हजार नौ दशमलव ४६ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंंकले उकालो लागेर तीन सय ८५ दशमलव ९१ विन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचिमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया