Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअफगानिस्तानमा मुद्रा स्थिरताको चिन्ता, केन्द्रीय बैंकले एक करोड २० डलर लिलामी गर्ने

अफगानिस्तानमा मुद्रा स्थिरताको चिन्ता, केन्द्रीय बैंकले एक करोड २० डलर लिलामी गर्ने


काबुल । अफगानिस्तानको केन्द्रीय बैंकले राष्ट्रिय मुद्रा स्थिर राख्ने प्रयासस्वरूप एक करोड २० लाख अमेरिकी डलर लिलामी गर्ने जनाएको छ ।

द अफगानिस्तान बैंकलाई उद्धृत गर्दै राज्य सञ्चालित बख्तर न्यूज एजेन्सीले मनी चेन्जर्स र निजी बैंकलगायतका बोलकबोलकर्ताहरूले लिलामी सुरु हुनुपूर्व केन्द्रीय बैंकमा ग्यारेन्टीको रूपमा अफगानीमा आवश्यक पैसा जम्मा गर्नुपर्नेछ । अफगानिस्तानको राष्ट्रिय मुद्रा, द अफगानी विदेशी मुद्रासँग कमजोर बनेका समय बैंकको यो निर्णय आएको हो ।

तालिवान समूहको नेतृत्वमा सरकार गठन भएसँगै अफगानी मुद्रा अमेरिकी डलरलगायत अन्य विदेशी मुद्रासँग कमजोर बनेको छ । गत साता एक डलर बराबर ८८.१० रहेको अफगानी मुद्राको विनिमय दर बढेर शनिबार ८८.४० भएको छ ।

यसअघि केन्द्रीय बैंकले जून २० मा एक करोड २० लाख र जुन २७ मा एक करोड २० लाख अमेरिकी डलर लिलामी गरी विदेशी मुद्राको तुलनामा राष्ट्रिय मुद्राको मूल्यलाई स्थिर राख्ने प्रयास गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x